एक करोडको लागतमा भेढहा खोलामा पुल निर्माण थालिँदै
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १७:२१:९
१६ कार्तिक, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ । प्रदेश नं २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को विनियोजित बजेटअन्तर्गत कूल रु एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।
पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन् । लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो ।
फरार चौधरी आठ वर्षपछि पक्राउ
करिब आठ वर्षअघि अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई पर्सा प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–६ शङ्करसरैयाका ५६ वर्षीय प्रयाग चौधरी रहेका छन् ।
पर्सा प्रहरीको विशेष टोलीले महानगरीय प्रहरी अपराध माहाशाखा र महानगरीय प्रहरी वृत गौशाला, काठमाडौसँग समन्वय गरी चौधरीलाई काठमाडाैं महानगरपालिका–९ तिलगङ्गाबाट पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार भारत, विहारको मुजफ्फरपुर मुसहरीका २० वर्षीय सञ्जयकुमार यादवलाई वीरगञ्ज महानगरपालिका–३२ बाट अपहरण गरी बन्धक बनाएको आरोपमा पर्सा जिल्ला अदालतले चौधरीलाई दोषि ठहर गरेको थियो । उनलाई अदालतले २०७० माघ ७ गते नौ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार