राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, पाँच सदस्यीय मन्त्रिपरिषद गठनको तयारी
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १७:२४:४९
१६ कार्तिक, विराटनगर । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको शपथलगतै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारीमा गठबन्धदन दलहरू जुटेका छन् ।
मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।
मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।
एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको सम्भवाना बलियो देखिएको छ ।
मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचिबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लाने सम्भावना छ ।
मंगलबार अपरान्ह ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार