मनकुमारको घर बनाउन जुटे पत्रकार
नेपालबहस संवाददाता
कात्तिक १८, २०७८ बिहिबार १८:२:५५
१८ कार्तिक, झापा । झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका कम्युनिस्ट योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ । अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका छन् ।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीका अवसरमा उनको घरको शिलान्याश गरिएको छ । जनसहयोग सङ्कलन गरेर रु १२ लाखको लागतमा आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताए ।
उनले अब बन्ने घर एक तलाको हुने र त्यसमा दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएको जानकारी दिए । कम्युनिस्ट योद्धा तामाङ नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री छन् ।
लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको रु ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशक अघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उनी काठको घरमा जसोतसो बस्दै आएका छन्।
मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सहसंयोजक एवं पत्रकार दिपीन राईले बताए। घर निर्माण अभियान पत्रकारले नै सञ्चालन गरेका छन् । सात सदस्यीय समितिमा कोषाध्यक्षमा पत्रकार मनिषा चम्लागाई रहेका छन् ।
अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पानी खानका लागि पुरानो ट््युवेल प्रयोग गर्दै आएका छन् । उनीहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ । झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङको जीर्ण घरले काचुली फेर्न पाएको थिएन ।
घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजक भट्टराईको भनाइ छ । राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली कांग्रेस निकट छन् । घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, नेकपा ‘माओवादी’ केन्द्रका नगर इञ्चार्ज नाराद तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर सङ्घर्षमा होमिएका जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताए।
घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै इञ्चाज तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पु¥याउन नसकेको बताए। उनले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार