चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार २१:४२:३९
२३ कार्तिक, उदयपुर । चौदण्डीगढी नगरपालिकाले जग्गाको लगत संकलनपछि नापजाँच सुरू गरेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा जग्गाको लगत संकलनपछि नापजाँच थालेको हो ।
नगरपालिकाले वडा नम्वर ८ सिद्धिपुरबाट जग्गा नापजाँचको कार्य सुरू गरेको हो । जग्गा नापीमा प्रयोग गरिने मेसिन टोटल स्टेशन ‘टियस’ को नगरप्रमुख खगेन्द्र राईले ‘स्विच अन’ गरेर सो कार्यको सुरू गरेका हुन् । वडामा भूमिहिन दलितको संख्या २५ घर, भूमिहिन सुकुमबासी ५० घर र अव्यवस्थित बसोवासीहरू संख्या ६ सय ८५ घर भएको लगत संकलन इकाइका प्रमुख कुमार श्रेष्ठले बताए ।
असारभित्र नापी सकिनु पर्ने थियो तर कोरोना महामारीका कारण रोकिएको काम सुरू गरिएको प्रमुख श्रेष्ठले बताए । लामो समयदेखि ऐलानी, पर्ती जग्गामा बसोबास गरिरहेको सर्बसाधारणलाई अब आफ्नो जग्गाको मालिक बन्न अर्थात आफूले भोगचलन गर्दै आएको जग्गाको ‘स्वामित्व’ ग्रहण गराउन लागेको नगर प्रमुख राईले बताए ।
यो अत्यन्तै जटिल कार्य भएकोले स्थानीय संघसंस्थालगायत सचेत नागरिक र विभिन्न दलसँग आबद्ध राजनीतिकर्मीहरूसँग हातेमालो र सहयोग गरिदिन अनुरोध समेत गरेका छन्। साझा कार्यको लागि सबै एक जुट भए मात्र वडा, नगर र राष्ट्र समृद्ध हुने नगर प्रमुख राईको भनाइ थियो । लगत संकलनको लागि नगरपालिकाले ३२ जना करार कर्मचारी नियुक्ति गरी सो कार्य सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार