मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहना : गृहमन्त्री खाँण
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार २२:२०:३४
२३ कार्तिक, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहनाको रुपमा रहेको बताएका छन् । मैथिली विकास कोषले मंगलवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषाका लागि मात्र नभई राष्ट्रकै लागि गहना रहेको बताए ।
‘पहिला एउटै भाषा एउटै भेष भन्ने चलन थियो,’ गृहमन्त्री खाँणले भने, ‘संघीयतापश्चात अब एउटै भाषा, एउटै भेष रहन सक्दैन । सबै भाषा, सबै भेष र विविध संस्कृतिले भपरिपूर्ण छन् ।’
विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरू भएको बताउँदै मन्त्री खाँणले अब मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए । यसैबीच कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले भारतबाट मालसमान आपुर्ति गर्दा झुठो मुद्दा लगाउने गरेको भन्दै मन्त्री खाँणलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
मन्त्री खाँणले कुनै पनि व्यवसायीको व्यवसायीक स्वतन्त्रता हनन् हुने काम नगर्न प्रहरीलाई निर्देशन समेत दिए । उद्योगी व्यवसायीहरूलाई बुझेर त्यसमा सहजता प्रदान गरिदिन प्रदेशका प्रहरी प्रमुखसहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रममा मन्त्री खाँणलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार