गाउँ–जिल्लालाई केन्द्रसँग जोड्न कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेदवारी
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १२:१३:४९
इन्द्रबहादुर रिजाल:- नेपाली कांग्रेसका युवा नेता एवं अध्यक्ष, स्याङ्जा पत्रकार समाज नेपाल
सत्तारुढ दल नेपाली कांग्रेस चौधौं महाधिवेशनको तयारीमा जुटेको छ । राजनीतिक नेता कार्यकर्ताका लागि ‘एक प्रकारको उत्सव’ भएकाले कांग्रेसको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया निकै पेचिलो बन्दैछ । यही पेचिलो अवस्थामा कांग्रेसको सैद्धान्तिक एवं वैचारिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने बौद्धिक जगतको पनि पार्टी राजनीतिमा आकर्षण बढेको छ ।
पेशागत संगठनहरुमा रहेर कांग्रेसलाई निरन्तर सहयोग गर्दै आएको बौद्धिक जगत अहिले आफै महाधिवेन प्रतिनिधि हुन अग्रसर भएका छन् । लामो समयदेखि पत्रकारिता गरिरहेका कतिपय युवा नेताहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र नगर तथा जिल्लाको नेतृत्वमा दावी गरिहेका मात्रै छैनन, उनीहरुले कांग्रेसलाई भावी दिनमा आइपर्ने चुनौतीहरुका चाङलाई पराजित गर्ने लक्ष्य र उद्देश्यले अघि बढेका छन् । विगतमा पत्रकारिता क्षेत्रबाटै कांगेसको शिखर नेतृत्वमा पुगेका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई आर्दश मान्दै उनीहरुले नेपाली कांग्रेसको शुद्धिकरण र सुदृढिकरण अभियानमा सहभागी हुने आशालाग्दो धारणा राखेर अघि बढेका छन् ।
यसै क्रममा स्याङ्जा क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्, बिगत ३३ बर्षदेखि नेपाली कांग्रेसको राजनीति गरिरहेका तथा २९ बर्षदेखि व्यवसायिक पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार इन्द्रबहादुर रिजालले । स्याङ्जामा जन्मिएर देशविदेशमा क्रियाशील सबै आस्था र विचार बोक्ने पत्रकारहरुको साझा संस्था स्याङ्जा पत्रकार समाज नेपालका संस्थापक एवं अध्यक्ष पनि हुन् रिजाल ।
नेपालकै लोकप्रिय अनलाइन सञ्चारमाध्यम नेपालबहस डटकमका प्रधानसम्पादक समेत रहेका रिजाल पञ्चायतको बर्बर दमनविरुद्ध नेबिसंघमा आबद्ध भएर सतिसाल जस्तै उभिएका थिए । विगतमा लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै पर्खाल बनेर उभिएका रिजाल स्याङ्जा कांग्रेसका जुझारु यूवा नेता हुन् ।
पञ्चायतकालदेखि नै नेपाल बिद्यार्थी संघमा आबद्ध भएर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने कांग्रेस नेता रिजालले अहिले पत्रकारिता, लेखन र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा स्याङ्जाको सवाललाई लिएर रिजालसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश………
१. इन्द्रजी आराम हुनुहुन्छ ? काठमाडौंमा बसेर पत्रकारिता गरिरहेको मान्छे एकैचोटी स्याङ्जा आएर नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नुभयो त ?
धन्यवाद, जय नेपाल । म आरामै छु । तपाईंले त बडो आश्चर्यको कुरा गर्नुभयो । म २०४५ सालदेखि स्याङ्जामै छु । विगतमा लामो समय म नेविसंघको राजनीति गर्देगर्दा धेरै जुत्ताको तलुवा फटाएको छु । पछिल्लो समय पत्रकारिताको माध्यमबाट पनि मैले कांग्रेसको राजनीति गरेको छु । कांग्रेसमा वैचारिक बहसको अभाव भएकाले मैले उम्मेदवारी दिएको हुँ । म विगतदेखि वर्तमानसम्म निरन्तर रुपमा पार्टीमा निष्ठा र ईमानको राजनीतिमा क्रियाशील छु । मैले पत्रकारिताको माध्यमबाट पनि देशव्यापी रुपमा पार्टीलाई सहयोग गरेको छु ।
मसँग धेरै कार्यकर्ता आशावादी हुनुहुन्छ । आफूलाई महाधिवेशन प्रतिनिधिको स्वभाविक उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई समग्र ढंगबाट सच्याउने, प्रभावकारी ढंगले पार्टी गतिविधि सञ्चालन गर्ने योजनासहित मैदानमा आएको छु । म सबैको आशा र भरोसाको उम्मेदवार हो, कमजोर उम्मेदवार होईन् ।
स्याङ्जा कांग्रेसको खस्किएको संगठन मजबुत बनाउन, महामानव बीपी कोइरालाले भनेजस्तै “कांग्रेसको संगठन हेर्ने हो भने स्याङ्जा जानु” भन्ने भनाइलाई पुन सार्थक बनाउन, तीनै तहका निर्वाचनमा कांग्रेसका साथीहरुलाई अत्यधिक बहुमतले जिताउन इन्द्र रिजालको पनि आवश्यकता छ र त्यसका लागि रिजाल केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि आवश्यक र योग्य उम्मेदवार हो भन्ने क्षेत्रीय प्रतिनिधिज्यूहरु, वडा सभापति एवं सबै कांग्रेसीजनहरुलाई थाहा छ ।
यो कुरा स्याङ्जाली साथीहरुले महशुश गर्नुभएको छ । गाँउगाँउ घुम्ने एवं भेटघाट र अन्तरक्रिया गर्दा इन्द्र रिजालको अभाव खट्किएको, तपाई जस्तो जुझारु एवं बौद्धिक नेतृत्व स्याङ्जा कांग्रेसलाई चाहिएको भनेर धेरै साथीहरुले मलाई भन्नु भएको पनि छ ।
२. जिल्लामा महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै देखिन्छन् । प्रतिस्पर्धीहरुको अवस्था हेर्दा तपाईंलाई कमजोर उम्मेदवार भन्छन् नि ?
स्याङ्जामा बसेर व्यक्तिगत काम गरेको भन्दा पनि म केन्द्रमा बसेर सबैको आवाज बोलिरहेको छु । हरेक निर्वाचनमा म स्याङ्जा आएर गाँउ गाँउ खटिएको छु । त्यस्तै पत्रकारिताको माध्यामबाट स्याङ्जाका कांग्रेसी साथीहरुलाई परेको अन्याय, थिचोमिचोका बारेमा आवाज उठाएको छु । एमाले लगायतका कम्यूनिष्टहरुले पालिकाहरुमा गरेको भ्रष्ट्राचार, अन्याय अत्याचारीहरुको पर्दाफास गर्दै उनीहरुलाई जनतासमक्ष नंग्याउने, कारवाहीका लागि विभिन्न निकायमाथि दवाव सिर्जना गर्ने काम गरिरहेको छु । के यो स्याङ्जा कांग्रेस पार्टीको काम होइन र ?
त्यसैले मेरो बुझाई के हो भने कांग्रेस बलियो हुन सबै क्षेत्र बलियो हुनुपर्छ । गाउँलाई जिल्ला हुँदै केन्द्र र केन्द्रलाई गाँउसम्म जोड्ने अभियान स्वरुप मेरो उम्मेदवारी हो । मूल्य र मान्यतामा आधारित गुटरहित बलियो कांग्रेस बनाउने मेरो अभियान हो । म बीचबीचमा पनि संगठन बिस्तारको लागि धेरै पटक गाउँगाउँ गएको छु ।
मसँग धेरै कार्यकर्ता आशावादी हुनुहुन्छ । आफूलाई महाधिवेशन प्रतिनिधिको स्वभाविक उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई समग्र ढंगबाट सच्याउने, प्रभावकारी ढंगले पार्टी गतिविधि सञ्चालन गर्ने योजनासहित मैदानमा आएको छु । म सबैको आशा र भरोसाको उम्मेदवार हो, कमजोर उम्मेदवार होईन् ।
३. तपाईं कुन प्यानलबाट महाधिवेशन प्रतिनिधि लड्दै हुनुहुन्छ ?
पेशा र चरित्रका हिसाबले म साझा मान्छे हुँ । महाधिवेशनलाई साच्चिकै वैचारिक थलो बनाउने मेरो अभियान हो । हिजो बीपीले भनेझै कांग्रेसको संगठन हेर्न स्याङ्जा जानु भनेको यथार्थलाई चरितार्थ गरी कांग्रेसलाई बलियो बनाउन स्याङ्जा आएको हुँ । ०४६ साल अगाडिको पुराना पुस्ता, जसले गाँउगाँउमा कांग्रेसको जग बसाल्यो, जसले कांग्रेसकै लागि जेलनेल भोग्यो, दुखकष्ट र अभाव झेल्यो, प्रवास बस्नु पर्यो, ती सबै अग्रज नेताहरुको उच्च मुल्याङकन र सम्मान गर्दै उहाँहरुको अनुभव र नीति निर्देशनलाई अंगीकार गरि अगाडि बढ्ने छु ।
त्यस्तै ०४६ सालदेखि ०६२÷०६३ को यूवा पुस्ता, जसले पुरानो पुस्ताले हालेको जगमा मलजल गर्यो, संगठन निमार्ण गर्यो, आफ्नो उर्वर समय कांग्रेसकै लागि खर्च गर्यो, जोसँग वैचारिक, सामाजिक मुल्य मान्यता, कांग्रेसको आर्दश, निष्ठा पनि छ, जुन समुहभित्र मपनि पर्छु, ले अबको नेतृत्व लिएर र०६३ पछिको नयाँ पुस्तालाई पनि साथ लिएर उनीहरुलाई उधमशील बनाउने, रोजगारउन्मुख बनाउने गरी समायोजन गराउने अभियान अन्तर्गत म साझा प्यानलबाट महाधिवेशन प्रतिनिधि लड्दैछु । स्वभाविक हिसाबले पार्टीमा एउटा विचार समूह एक ठाउँमा उभिन्छौं । प्यानल त उम्मेदवारीको प्रक्रियासँगै पनि बन्न सक्छ ।
महाधिवेशन प्रतिनिधिका अरु उम्मेदवार पनि एकसे एक हुनुहुन्छ, युवा पनि हुनुहुन्छ । यो प्रतिस्पर्धामा जसले जिते पनि कांग्रेसले नै जित्ने हो । व्यक्ति को आयो भन्दा पनि कस्तो व्यक्ति आयो र अब कांग्रेस कस्तो होला भन्ने कुरा मुख्य हो । तसर्थ मेरो विजय सुनिश्चित भैसकेको महशुश भएको छ ।
महाधिवेशनमा धारहरु उदाउने, गुटहरु जन्मिने परिस्थिति बन्छ नै । हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोचका साथ गुटरहित बलियो कांग्रेस बनाउने ढंगले अगाडि बढिरहेका छौं । सीमित घेराबाट पार्टी बन्दैन, नेतृत्व सफल हुँदैन । त्यसैले कांग्रेसभित्र वैचारिक समुह निर्माण गर्ने, विगतका कमीकमजोरी हटाएर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, राष्ट्रिय मुद्दाहरु उठाउने र त्यसको नेतृत्व गर्ने परिस्थिति निर्माण गर्न हामी लागिरहेका छौं । एउटा व्यक्ति पदमा आउनेभन्दा पनि उसले के विचार बोकेको छ ? उम्मेदवारी केका लागि हो ?
अहिलेको परिस्थिति र समस्यालाई कसरी समाधान गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेतृत्व र पार्टीका साथीहरुसँग छलफल गरेर, एजेण्डामा आफूलाई जोडेर उम्मेदवारी दिएको छु । एउटा मियो समाउनै पर्ने हुनाले हिजोदेखिकै मेरो संस्थापन पक्ष हालको संस्थापनइतर समूहबाट प्रतिनिधित्व गर्नुपर्ने अवस्था हो । तथापि म साझा उम्मेदवार हुँ । यो महाधिवेशनले युवा खोज्छ, धेरै पदमा नयाँ अनुहार ल्याउँछ । कांग्रेसमा केही नयाँ हुनेवाला छ ।
४. कांग्रेसको महाधिवेशनमा पुस्ता हस्तान्तरणको विषय जोडतोडले उठ्छ तर नेतृत्व र पदाधिकारी पुरानै दोहोरिन्छन् । यो महाधिवेशनबाट परिवर्तन सम्भव छ ?
यही महाधिवेशनबाट एकैचोटी आमुल परिवर्तन त संभव छैन् । कांग्रेसमा पुस्तान्तरण मात्र नभै रुपान्तरण पनि आवश्यक छ । वैचारिक र सामाजिक हिसाबले सबै कुरा विस्तारै परिवर्तन हुँदैछ । १४औं महाधिवेशनबाट पुस्तान्तरण हुने निश्चित छ । यो महाधिवेशनले तेस्रो पुस्तालाई पदाधिकारी र केन्द्रीय समितिमा धेरै संख्यामा ल्याउँछ । उमेरकै हिसाबले सुविधा पाउनुपर्छ भन्ने होइन ।
अब कसले के विचार बोकेर ल्याएको छ भन्ने कुराले महत्व पाउँछ । एजेण्डा, सम्भावना र समयको माग अनुसार कार्यकर्ताहरुले छनौट गर्छन ।
५. तपाईंले राजनीति शुरु गर्दा स्थापित भइसकेका नेताहरु पनि तपाईंसँगको प्रतिस्पर्धामा छन्, प्रतिस्पर्धा कस्तो होला ?
मैले अहिले कांग्रेसमा ३ थरी समुह क्षेत्रीय प्रतिनिधिको रुपमा देखेको छु । ०४६ सालअघिको पुस्ता २५ प्रतिशत सहभागी छ । अर्काे ०४६ देखि ६३ सालसम्मको हाम्रो यूवापुस्ता ४० प्रतिशत सहभागी छ भने ०६३ पछिको नयाँ पुस्ता ३५ प्रतिशत प्रतिनिधित्व छ । ०४६ साल अघिको पुस्ताले कांग्रेसको जग गाँउगाँउमा बसाल्यो । अग्रजहरुको पुस्तालाई उच्च सम्मान गर्नुपर्छ । उहाँहरुको नीतिनिर्देशन अनुसार अगाडि बढ्नु पर्छ ।
हाम्रो पुस्ताले अग्रजले हालेको जगलाई मलजल गरी बलियो बनायो । विविध कारणले म पत्रकारितामा लागेर काठमाडौं बसेता पनि स्याङ्जा कांग्रेसको मात्र होइन देशैभरीका कांग्रेसीहरुको आवाज बोलीरहेको छु । कांग्रेसलाई केही गर्नुपर्छ भन्ने लागेर गाँउ फर्क अभियानमा लागेको हुँु । मलाई अग्रजहरुको समेत आशिर्वाद प्राप्त भएकाले सहज प्रतिस्पर्धा हुनेछ । अहिले प्रतिनिधित्व पनि पहिलेभन्दा धेरै छ । त्यसमा पनि युवाको आकर्षण बढेको छ । समावेशी पनि बन्दै गएको छ । समाजका विभिन्न पक्षलाई जोड्ने परिस्थिति कांग्रेसभित्र विकास भइरहेको छ । वडा र पालिका तहकै निर्वाचनले पनि सुखद् संकेत दिइरहेको छ । पालिका सभापति भएर आएकाहरुको अनुहारले शुभसंकेत दिइरहेको छ ।
पार्टीमा परम्परागत गुट र मनोविज्ञान हावी हुने भएकोले परिवर्तन त्यति सजिलो हुँदैन । तर, अहिले युवाको संख्यात्मक प्रतिनिधित्व ज्यादा देखिएको छ । तल्लो तहमा युवा हुँदैमा नेतृत्वमा पनि पुग्छन् भन्ने नहोला, तर आशा गर्ने ठाउँ दिएको छ । क्षेत्रीय प्रतिनिधि बनेर आएका युवाले छान्ने महाधिवेशन प्रतिनिधि युवा नै हुने सम्भावना बढी हुन्छ । महाधिवेशन प्रतिनिधिमा त्यही युवापुस्ताको बाहुल्यता भयो भने केन्द्रीय नेतृत्वमा पनि युवा प्रतिनिधि बढ्छ । पार्टीमा योगदान गरेको, गर्न सक्ने विश्वास बोकेको पात्र नै उम्मेदवार बन्ने हो ।
कांग्रेसले कांग्रेस हराउने अभियानमा लाग्नुभन्दा कम्यूनिष्ट हराउने अभियानमा लाग्नुपर्छ । म नेविसंघमा सक्रिय रहदै गर्दा यही स्याङ्जामा चार तारा चारै सिट भनेर नारा लगाएको अझै ताजा छ । तर अहिले संगठन विभाग प्रमुख स्याङ्जाकै हुँदा कांग्रेस खरानी भयो । तर आन्तरिक महाधिवेशनमा हामीले उच्च राजनीतिक संस्कार देखाउनुपर्छ ।
उम्मेदवारी दिने सबै नेताप्रति मेरो श्रद्धा, आदरभाव छ । तर, नेतृत्व उमेरको होइन, एजेण्डाको आधारमा हुनुपर्छ । धेरै वर्ष झोला बोक्दैमा वा युवा हुँ भन्दैमा नेता भइँदैन । अहिलेको समस्या पहिचान गरेर समाधान दिनसक्ने र परिवर्तनलाई आत्मसात गर्न सक्नेहरु नेतृत्वमा आउनुपर्छ । महाधिवेशन प्रतिनिधिका अरु उम्मेदवार पनि एकसे एक हुनुहुन्छ, युवा पनि हुनुहुन्छ । यो प्रतिस्पर्धामा जसले जिते पनि कांग्रेसले नै जित्ने हो । व्यक्ति को आयो भन्दा पनि कस्तो व्यक्ति आयो र अब कांग्रेस कस्तो होला भन्ने कुरा मुख्य हो । तसर्थ मेरो विजय सुनिश्चित भैसकेको महशुश भएको छ ।
६ महाधिवेशन प्रतिनिधिमा धेरै युवाहरु आकांक्षी देखिनुभएको छ, कांग्रेसमा आशाका नजरले हेरिएका युवा नेताहरु एउटै पदमा लड्नुभन्दा सबै अट्ने बनाउन सम्भव थिएन ? सबै जनाले गुटगत छहारी नै किन रोज्नुपरेको हो ?
यो केन्द्रदेखिको रोग हो । स्याङ्जाको मात्र रोग होईन् । विगत १८ बर्षदेखि भातृसंगठनहरुको महाधिवेशन गर्न नसक्दा नयाँ नेतृत्व उत्पादन हुन सकेन् अर्थात नेतृत्व विकास नै भएन । तर अहिले १४ औं महाधिवेशन हुँदै गर्दा स्याङ्जामा गुटहरुबीच पानी बाराबारको स्थिति हुनु बडो दुर्भाग्य हो । आकांक्षी बढ्नु राम्रो भए पनि व्यवस्थापनमा कसैको ध्यान छैन् । त्यसैले कांग्रेसको मुहान सफा गर्न मेरो उम्मेदवारी हो । धेरैले महाधिवेशन प्रतिनिधिमै आफूलाई योग्य ठानेपछि प्रतिस्पर्धा हुने कुरा अनौठो भएन ।
त्यसका लागि आ–आफ्नो विचार मिल्ने समूहमा लाग्नु स्वभाविकै हो । अब प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र हार्दिकतापूर्ण बनाउने हो । जित्ने र जितको नजिक पुग्ने जो कोही नेता हुन सक्छ । आफूलाई भूमिकामा राख्न सक्छ । अब व्यक्तिभन्दा पनि उसले ल्याउने विषयको प्रतिस्पर्धा जरुरी भयो । आशा गरिएका व्यक्तिहरुबीचको प्रतिस्पर्धा भयो भने यसबाट पार्टीलाई थुप्रै कुरा प्राप्त हुनुपर्छ । केका लागि प्रतिस्पर्धा ? केका लागि आफूलाई उभ्याइएको ? त्यो आधार तय हुनुपर्छ । प्रतिस्पर्धीका एजेण्डाहरु सिंगो पार्टीको एजेण्डा र बहसको विषय हुनुपर्छ । प्रतिस्पर्धा पनि महाधिवेशनलाई खुराक प्राप्त हुने गरी गरौं भन्ने मेरो सबैमा हार्दिक अनुरोध छ ।
७. एउटै समूहमा धेरै जना आकांक्षी हुँदाको फाइदा–बेफाइदा के–के हुन् ?
अहिले निष्ठा र ईमानको राजनीति हराएको छ । जसले टीम बनाउँछ, उसले व्यवस्थापन गर्न नसक्दाको रोग हो, यो । मैले अघि नै भने, यसपटक नेपाली कांग्रेसको महाधिवेशन पहिलाभन्दा फरक हुनेवाला छ । तर, विडम्बना के छ भने योजना, कार्यक्रम र विचारका आधारमा प्रतिस्पर्धा भन्दा पनि व्यक्तिहरुको टकराव धेरै हुने देखिन्छ । थुप्रै समस्या छन् । अर्कोतिर थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय एजेण्डा छन्, जसको उत्तर खोज्नु, कांग्रेसको आधिकारिक धारणा बनाउनु छ । यस्ता एजेण्डामा प्रतिस्पर्धा नभए व्यक्तिगत प्रतिस्पर्धा हुन्छ ।
नेपाली कांग्रेस सच्चिएर, प्रष्टिएर आएको सन्देश दिन जरुरी छ । नेपाली जनतालाई ‘अपडेटेड’ कांग्रेस चाहिएको छ । कांग्रेसले सञ्चार क्षेत्र र पत्रकारहरुलाई नचिन्दा, सशक्त ढंगले परिचालन गर्न नसक्दा जहिले पनि हार व्यर्होनु परेको छ ।
त्यसैले पछिल्लो पुस्ता फरक ढंगले प्रस्तुत हुन परेको छ । धेरै जना प्रतिस्पर्धामा आउँदाका फाइदा र बेफाइदा दुवै छन् । प्रतिस्पर्धीबाटै योग्य व्यक्ति आउने सम्भावना पनि हुन्छ । यो महाधिवेशनमा छनोटको दायरा फराकिलो हुने देखिँदैछ । व्यक्तिबीचकै टकराव हो, पदकै लडाइँ हो भन्ने देखियो भने चाहिं निराशा ल्याउँछ ।
८.महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दैगर्दा कांग्रेस पार्टीको आन्तरिक जीवन र अरु विषयमा तपाईंका एजेण्डाहरु पनि होलान् नि ?
थुप्रै एजेण्डाहरु छन् । त्यो सबै फेहरिस्त यहाँ संभव नहोला । महाधिवेशनलाई विशुद्ध वैचारिक बहसको थलो बनाउने मेरो अभियान हो ।वैचारिक बहसको थलो बनाउन सकियो भने त्यसले कांग्रेसलाई दिशानिर्देश गर्नेछ । अहिले हाम्रो केन्द्रीय नेतृत्व दिशाबिहीन र गतिबिहीन अवस्थाबाट गुज्रेको छ । त्यसलाई ट्रयाकमा ल्याउनु छ । स्याङ्जाकै विषय हेर्ने हो भनेपनि संगठन विभाग प्रमुखको जिल्लामै कांग्रेसको लज्जास्पद हार भएको छ । बाह्य रुपमा पनि कांग्रेसले प्रष्ट्याउन बाँकी थुप्रै विषय छन् । ती बिषयमाथि प्रष्ट्याउने मेरा धेरै एजेण्डा छन् ।
९. अन्ततः महाधिवेशन हुँदैछ, सरकारको नेतृत्व कांग्रेसले नै गरेको छ र लगत्तै निर्वाचनमा जानुपर्ने छ । कांग्रेसमा यसको प्रभाव र असर कस्तो होला ?
अहिले स्याङ्जा र केन्द्रमा जुन अवस्था देखिएको छ । यसमा राजनीतिक संस्कारको अभाव छ । कांग्रेसले कांग्रेस हराउने अभियानमा लाग्नुभन्दा कम्यूनिष्ट हराउने अभियानमा लाग्नुपर्छ । म नेविसंघमा सक्रिय रहदै गर्दा यही स्याङ्जामा चार तारा चारै सिट भनेर नारा लगाएको अझै ताजा छ । तर अहिले संगठन विभाग प्रमुख स्याङ्जाकै हुँदा कांग्रेस खरानी भयो । तर आन्तरिक महाधिवेशनमा हामीले उच्च राजनीतिक संस्कार देखाउनुपर्छ ।
संविधानका मूलभूत विषयहरुमाथि प्रहार हुन थालेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताका सवालमा प्रश्नहरु उठिरहेका छन् । यस्तो बेलामा हुन लागेको महाधिवेशन र त्यहाँ उठ्ने एजेण्डाहरुले सरकार र आउँदो चुनावसम्म प्रभाव र असर पार्न सक्ने देखिन्छ । कांग्रेसले चुनावको तयारी पनि सशक्त ढंगले गर्नुपर्नेछ । पार्टीले लिने विचार र एजेण्डामा जनताको विषय र चुनावी परिणाम निर्भर हुन्छ ।
यो सरकार लामो समय रहँदा निर्वाचनमा फाइदा नहुने स्थिति बन्न सक्छ । त्यसैले संवैधानिक व्यवस्थाभित्रबाट जतिसक्दो छिटो निर्वाचन गराउने कोशिश गर्नुपर्छ । त्यतिञ्जेल सरकारले लिने निर्णयहरुमा विवादित हुनु हुँदैन, नियुक्तिहरुमा चुक्नु पनि भएन । महामारीबाट बचाउने परिणामुखी योजना हुनुप¥यो । अघिल्लो सरकारले भद्रगोल बनाएका निकायहरुलाई चुस्तदुरुस्त पार्नु पर्यो । धेरै काम नहुन सक्ला, तर एकाध परिवर्तन त गरेर देखाउनै पर्यो ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिकामार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
मेरो ३३ बर्षको राजनीतिक जीवनमा पहिलोपटक केन्द्रिय महाधिवेशन प्रतिनिधि लड्दैछु । क्षेत्रीय प्रतिनिधिका रुपमा सहभागी मतदाताले विवेकको प्रयोग गर्नुहुनेछ भन्ने मैले विश्वास गरेको छु । म जहाँ बसेर पनि स्याङ्जाली कांग्रेसहरुको आवाज बोलीरहेको छु । निकट भविश्यमा हुने स्याङ्जाका तीनै तहका निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले जिताएर देखाउनु छ ।
हामी आफूलाई समाजवादी भन्छौं, तर समाजवादी दृष्टिकोण निर्माण गर्ने सवालमा आफूलाई प्रष्ट्याउन सकेका छैनौं । आफूलाई जनजीविकाको सवालसँग जोड्न सकिरहेका छैनौं । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातजस्ता नागरिकका सवाललाई प्रष्ट्याउन सकेका छैनौं । सत्तामा हुँदा थुप्रै पटक गल्ती, कमजोरी गरेका छौं । हामीले त्यो अनुभवका आधारमा सच्चिएर अगाडि बढ्नुपर्ने हुन्छ । मुलुकका राष्ट्रिय मुद्दाहरुमा लक्ष्य निर्धारण गरेर कांग्रेस अगाडि बढ्नुपर्ने अर्को विषय छ । पार्टीले समृद्धिको आधार तयार गर्नुपर्ने छ ।
कांग्रेस धेरैको भरोसाको दल हो । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको दल हो कांग्रेस । यी सवालमा कांग्रेस सशक्त रुपमा प्रस्तुत हुन सकिरहेको छैन । नेपाली कांग्रेस सच्चिएर, प्रष्टिएर आएको सन्देश दिन जरुरी छ । नेपाली जनतालाई ‘अपडेटेड’ कांग्रेस चाहिएको छ । कांग्रेसले सञ्चार क्षेत्र र पत्रकारहरुलाई नचिन्दा, सशक्त ढंगले परिचालन गर्न नसक्दा जहिलेपनि हार व्यर्होनु परेको छ ।
यी यावत कार्यभार पूरा गर्ने विश्वासका साथ मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको हुँ । सबै क्षेत्रीय प्रतिनिधिहरुले मलाई अत्याधिक मत दिएर सहयोग गर्नुहोला भन्ने विनम्र अनुरोध गर्न चाहन्छु । जय नेपाल । (प्रस्तुत अन्तरवार्ता स्याङ्जाको चर्चित पत्रिका पब्लिक आवाज साप्ताहिकमा प्रकाशित भएको र समय सान्दर्भिक लागेर नेपालबहस डटकममा पनि पुन प्रकाशित गरेका हौं । सम्पादक )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार