सिन्धुलीको बसपार्क क्षेत्र आसपासमा निषेधाज्ञा
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १७:५६:४४
२४ कार्तिक, सिन्धुली । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।
पार्कभित्रको विपी र पुष्पलालको सालिक एमाले महासचिव ईश्वर पोखरेलले गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गदै बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागु हुने गरी निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
निषेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाईने छैन । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।
सर्वदलीय निर्णयबाट सालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए । बुधबार बिहान लामो समयसम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।
कुनै पनि पाटीको व्यक्तिले सालिक अनावरण गर्न नमिल्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले सालिक अनावरण गर्न रोक गरेका थिए । गठबन्धन दलका कार्यकर्ताहरूले पार्कलाई घेरेका थिए भने एमालेसम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार