प्रदेश १ सभा बैठक अनिश्चितकालका लागि स्थगित
नेपालबहस संवाददाता
मंसिर १, २०७८ बुधबार २१:४:२७
१ मंसिर, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको घोषणसँगै सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री राईले पेस गरेको विश्वासको मतको प्रस्तावलाई बुधबारको बैठकले बहुमतले पारित गरेको छ । सभामुख र भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ‘एकीकृत समाजवादी’ १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ ।
५० सदस्यीय विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार