श्रीमतीलाई विष खुवाइ हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार २१:३:०
५ मंसिर, सप्तरी । श्रीमतीलाई विष खुवाइ हत्या गरेको अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।
उनीलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ ।
शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गरेको थियो ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७७ मंसिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए। हत्या आरोपमा लुकमानसहित उनका आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ । अन्य आरोपित पक्राउ परेका छैनन् ।
रोशन खातुनको २०७६ मंसिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो। फिरोजले बताए । “बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई सुनाएको रेकर्ड सुरक्षित छ ।” उनले भने,“हामीलाई न्याय चाहिएको छ ।” विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार