डेरा सर्दै हैजाको जीवाणु, कपिलवस्तुमा थप एकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर १२, २०७८ आइतबार १८:३८:८
१२ मंसिर, कपिलवस्तु । कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् ।
हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् ।
बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका(६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव ‘खुस्वु’ रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्लामा फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका बिरामीमा हैजाको देखिएको छ । एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको हो । बुद्धभूमिका वडा-५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार