आत्महत्या बढेपछि रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार १४:१५:५
१३ मंसिर, बुटवल । रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेको भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाईन कार्यालयका प्रमुख, स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक किटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । उनका अनुसार रुपन्देही जिल्लामा बिगत पाँच वर्षमा विषादीबाट मात्र ३५४ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको चार महिनामा विषादीबाट आत्महत्या गर्ने १४ जनामध्ये सात जनाले सेल्फास नामक विषादी प्रयोग गरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।
बैठकले प्रतिबन्धित सेल्फास सुरक्षितरुपमा नष्ट गर्ने निर्णय पनि गरेको छ । सेल्फास नियन्त्रण हुने हो भने आत्महत्याका घटना न्यूनीकरण हुनसक्ने देवदह मेडिकल कलेज रुपन्देहीका सहप्राध्यापक डा। मनोजकुमार ढुंगानाले बताए ।
‘प्रतिबन्ध लगाएर मात्र हुँदैन, यसको बिक्रीवितरण भए नभएबारे पनि नियमन गर्नुपर्छ,’ उनले भने । विषादीमाथिको प्रतिबन्धलाई सबैले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्न प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार