अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित
सरला बैजु
मंसिर १९, २०७८ आइतबार १४:२७:२१
कृष्ण आचार्य
१९ मंसिर, भरतपुर । भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भए पनि काम भने सुरुआत हुनसकेको छैन । पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ । बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप बनेको छ । नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड बनाउन भरतपुर महानगरसँग पटक–पटक माग पनि गर्दै आइरहेका छन् । अटोल्याण्ड निर्माण भए बजारमा अव्यवस्थितरूपमा छरिएर रहेका वर्कशप र ग्यारेज एकत्रित हुनुका साथै बजारको सौन्दर्यकरण पनि बढ्ने व्यवसायीको भनाइ छ ।
भरतपुर महानगरले वडा नं ३ को नारायणी नदी किनार (नगरवन क्षेत्र)मा अटोल्याण्ड बनाउने योजना अघि सारेको छ । महानगरपालिकाका प्रवक्ता एवं अटोल्याण्ड व्यवस्थापन समितिका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिए । आठ महिनाअघि डिपिआर बनेको बताउँदै प्रवक्ता भण्डारीले अब छिट्टै काम सुरु गरिने जानकारी दिए ।
अटोल्याण्ड व्यवस्थापन समितिमा अटोमेकानिक व्यवसायी संघ चितवन र चितवन अटो मोबाइल्सल एशोसिएशनका तर्फबाट प्रतिनिधित्व गर्दै संयोजन गरिरहेका बलराम भण्डारीले अटोल्याण्ड बनाउन इआइएको प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले करिब दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको र यसभित्र नारायणी तटबन्धनसमेत रहेको बताए ।
“अटोल्याण्ड बनेपछि अटोमोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ । यातायातका सम्पूर्ण सवारीसाधन मर्मत गर्ने वर्कशप एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछ”, उनले भने । सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजलाई एकत्रित गर्न अटोल्याण्डले सहज हुने उनले बताए ।
नेपाल अटो मेकानिकल्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महसुस गरेर आफूहरुले विसं २०६४ देखि नै यसको माग गर्दै आएको जानकारी दिए । उनले भरतपुर महानगर बनेपछि बल्ल यसको आवश्यकता महसुस गरेको भए पनि काम अघि बढ्न नसकेको बताए । बुटवल, दाङको तुलसीपुर र घोराहीमा अटोभिलेज बनिसकेको उनले जानकारी दिए । अटोभिलेज भएपछि त्यहाँका व्यवसायी र ग्राहकले सुविधा पाएका छन् । “अटोल्याण्ड बनेपछि यातायात व्यावसायीलाई हुने फाइदामा सर्वप्रथम व्यावसायीको स्थायित्व हो । व्यवसाय कहिले कता ? कहिले कता सार्न परेन”, उनले भने ।
अव्यवस्थितरूपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहर र ध्वनि प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ । यदि कसैले आफ्नो जग्गामा व्यवस्थित तवरले वर्कशप चलाउँछ भने उसले जहाँ पनि वर्कशप सञ्चालन गर्न पाउने भट्टराईको भनाइ छ । अरुलाई अप्ठ्यारो हुने गरी सञ्चालनमा रहेका वर्कशपलाई मात्र अटोल्याण्डमा ल्याइने भएकाले सबै नगरवासी र व्यवसायीलाई यस कार्यमा सहयोग गर्न उनले आग्रह गरे ।
“नारायणीमा ठूलो तटबन्धन नभई काम छैन । अहिले जहाँ जग्गा दिने भनेको छ । त्यहाँ यस वर्ष बाढी पसेको थियो”, उनले भने, “तटबन्धनसहित बाटोघाटो र पानी पु¥याएर महानगरले जग्गा हस्तान्तरण गर्नुपर्छ । त्यसपछि व्यवसायी आफैँले भवन बनाउँछन् ।” अटोल्याण्ड बनेपछि महानगरलाई पनि फाइदैफाइदा हुने उनको भनाइ छ । “हामीले जग्गाको भाडा महानगरलाई तिर्छौँ । महानगरलाई फाइदैफाइदा छ । सहर पनि सुन्दर हुन्छ”, उनले भने ।
एशोसिएशनका पूर्वअध्यक्ष शिवराज गिरीले भरतपुरमा अटोल्याण्डका आवश्यकता रहेको बताए । उनले बजार पृथकीकरण सिद्धान्तअनुसार अटोल्याण्डको अवधारणा ल्याइएको बताए । उनले मर्मत गर्न लामो समय लाग्ने सवारी तथा वर्कशपलाई ल्याण्डमा ल्याउन आवश्यक रहेको बताए । सामान्य मर्मत तथा एकै दिनमा सम्पन्न हुने काम भने ठाउँठाउँमा राख्न सकिने उनको भनाइ छ ।
“दुई प्राङ्ग्रेबाहेकका सवारी जसको मर्मत गर्न समय पनि लाग्छ र स्थान पनि धेरै चाहिन्छ । उनीहरु ल्याण्डमा आउन आवश्यक छ । यस्तै पेन्टिङका काम गर्ने सवारी पनि ल्याण्डमा आउँछन्”, उनले भने, “तत्काल सामान्य मर्मत गर्ने वर्कशप व्यवस्थित तवरले जहाँ पनि हुन्छन् । किनकि उपभोक्ताको दृष्टिकोणबाट पनि ठाउँठाउँमा वर्कशप हुनु राम्रो हो ।” अटोल्याण्डमा स्वस्थ प्रतिस्पर्धा हुने हुँदा उपभोक्ता ठगिनबाट पनि बच्ने उनको भनाइ छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार