माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार २:११:५९
२३ मंसिर, कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संगठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मंसिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ ।
सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिए । “सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १००को सहभागिता रहनेछ”, सचिव आचार्यले भने, “यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ ।” कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उनले बताए ।
सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ । केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतःनिर्वाचन तथा सहमति दुवै विधि अपनाइने उनले बताए ।
आर्थिक अनुशासन कायम गरिने
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक नरेश भण्डारीले कर्णाली प्रदेशको प्रथम सम्मेलनमा आर्थिक अनुशासन कायम गरिने बताएका छन् । ऐतिहासिक प्रथम प्रदेश सम्मेलनलाई अन्य पार्टी जस्तो भड्किलो र फजुल खर्चयुक्त नबनाउने गरी कार्यक्रम थालिएको संयोजक भण्डारीले बताए ।
कार्यक्रमलाई प्रभावकारी र सुव्यवस्थित ढंगबाट सम्पन्न गर्ने गरी गठित समितिले क्षेत्रगत कार्य गरिरहेको संयोजक भण्डारीले जनाए । पार्टी नेता तथा कार्यकर्तालाई आर्थिक भार नहुने र सबैलाई सहज पहुँच पुग्ने गरी प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्ने नेकपा माओवादी कर्णाली प्रदेश संगठन समितिले जनाएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार