फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने
सरला बैजु
मंसिर २५, २०७८ आइतबार ३:४६:३०
२५ मंसिर, काठमाडौं । नेकपा (एमाले)ले फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिंगो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान गरेको र्नुभएको उपमहासचिव ज्ञवालीले बताए ।
अध्यक्ष ओलीले मुलुकमा दुई वटा विचारको प्रतिस्पर्धा रहेको भन्दै भने, “एउटा धारले विस्तारै विस्तारै प्रतिगमनको आधार निर्माण गर्दै गरेको र अर्को पक्षले समाजवादको आधार निर्माण गर्दै गइरहेको छ । यी दुई पक्षबीच क्रमशः धुव्रीकरण हुँदै आएको छ ।” एमालेले समाजवादको आधारमा निर्माण गर्ने गरेको र त्यसलाई विभिन्न षड्यन्त्रले अवरुद्ध पार्ने काम भइरहेको अध्यक्ष ओलीले बैठकमा बताएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । बोहराले आजै सपथ लिएका छन् । महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र यसले मुलुकलाई नयाँ दिशानिर्देश र पार्टीलाई सबल बनाएको बैठकले निष्कर्ष निकालेको उनले बताए ।
महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढंगले दिशानिर्देशित भएको निष्कर्ष निकाल्दै अब संगठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ । विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाइएको उनले जानकारी दिए । कार्यदलले एक हप्ताभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ ।
पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने
पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निर्णय गरिएको छ । उनले पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने र सो अवधिभित्र बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको बताए ।
माघ र फागुनमा पार्टी विस्तार अभियान
पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । अभियानका क्रममा पार्टीका महाधिवेशनका सन्देश सम्प्रेषण गरिने उपमहासचिव ज्ञवालीले बताए ।
आजको बैठकमा रहेका १५ कार्यसूचीमध्ये आज ९ वटा कार्यसूचीमाथि छलफल गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । भोलिको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल गरेर सम्पन्न गरिने उनले बताए ।
बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रमाणपत्र प्रदान गरेका थिए । बैठक भोलि पुनः बिहान ११ बजे बस्ने छ
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार