कांग्रेस महाधिवेशन : साढे २ बजेसम्म ८७८मत खस्यो
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २१:९:३६
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ ।
१२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २।३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (ण्प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिसभागृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो। मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।
सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा भने फेरि मतदान हुने विधानको व्यवस्था छ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार