कठ्याग्रिँदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य
नेपालबहस संवाददाता
मंसिर २९, २०७८ बुधबार १७:३५:५८
२९ मंसिर, लमजुङ । मनाङको नासों गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी मंसिरको कठ्याङ्ग्रिँदो जाडोमा टेन्टमा बसेर पढ्न बाध्य छन् । ‘हिमालको चिसो सिरेटो र मस्र्याङ्दी नदीको चिसो हावाले कठ्याग्रिँदै पढ्नुपर्छ भानु माविको कक्षा १० मा अध्ययानरत छात्रा पूर्णिमा गुरुङ भन्छिन् । गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो । उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ ।’
उनीमात्र होइन कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङले पनि टेन्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । ‘विद्यालयमा पढ्ने कहिले होला अब त जाडो धेरै बढ्यो टेन्टमा कसरी पढ्ने चिन्ताले पिरोलेको छ,’ उनी भन्छन् । प्रतिकमात्र होइन भानु माविको कक्षा ८ मा पढ्ने प्रवृति तामाङ पनि टेन्टमा बसेर पढ्न धेरै गारो भएको बताउँछिन् ।
विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पठनपाठन गर्नुपरेको भानु माविका प्राध्यानाध्यापक श्यामकृष्ण पन्तले बताए । उनी भन्छन्, ‘गत १ असारमा मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन वगाएपछि अहिले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएका छौ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । चिसो मौसम अनि मस्र्याङ्दी नदीको चिसो हावा विद्यार्थीका लागि निकै कष्टकर बनेको पन्त बताउँछन् ।
ताल गाउँको सिङगो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको उनले जानकारी दिए । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयमा बाढीले क्षति पुर्याएको छ ।
भानु माविसँगै नासों गाउँपालिका ६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार