ताप्लेजुङमा एक वर्षमा २३ वटा मानवअधिकार उल्घंनका घटना
नेपालबहस संवाददाता
मंसिर २९, २०७८ बुधबार १९:३२:४०
२९ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो एक वर्षमा २३ वटा मानवअधिकार उल्घंनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ ताप्लेजुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व वार्षिक समीक्षा गर्ने क्रममा सन् २०२१ मा २३ वटा मानवअधिकार उल्घंनका घटना भएको जनाएको हो ।
इन्सेकले अभिलेख गरेको घटनामध्ये बलात्कारका १० वटा, बलात्कार प्रयासको दुई वटा, गर्भपतनको एक वटा, बाल यौन दुर्व्यवहारको एक वटा, हत्याको एक वटा, नवजात शिशु हत्याको एक वटा, अपहरण शरीर बन्धक तथा बलात्कारको एक वट, गर्भपतनगरी हत्या एक वटा, गर्भ संरक्षण कसुरको एक वट, कर्मचारीमाथि अभद्र व्यवहार एक वटा, मजदुर हत्या तथा बाल विवाहका दुई वटा गरी २३ घटना सार्वजनिक गरेको छ ।
बलात्कारपछि गर्भवती बनेकी १३ वर्षीया एक बालिका र १४ वर्षीया दुई जना गरी तीन जना बालिकाको भविष्य अन्धकार झैँ बनेको भन्दै इन्सेकले सरोकारवालाको ध्यानआकर्षण गराएको छ । बालिका बलात्कारका आरोपित दुई जना पक्राउ परेर कानुनी प्रक्रिया जारी छ भने एक जना अझै फरार छन् ।
यसैबीच इन्सेकले फक्ताङलुङ गाउँपालिका-४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बु उपचार अभावमा आठ महिनादेखि साङ्लोमा बाँधिनुपरेको भन्दै मानवीय नाताले पनि उद्धार गरि उपचार हुनुपर्ने माग गरेको छ ।
इन्सेक प्रतिनिधिले भने, ‘परिवारले पाँच लाख जति ऋण गरेर उपचार गर्यो । अब परिवारबाट सम्भव छैन् ।’ गरिब परिवारको उपचार गर्नु राज्यको दायित्व भएकाले सरोजको उपचारमा ढिलासुस्ती नगर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार