बाक्सिलाबाट छुट्ने जीप तथा बसको भाडा निर्धारण
नेपालबहस संवाददाता
मंसिर २९, २०७८ बुधबार २०:३६:३१
२९ मंसिर, खोटाङ । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामा तथा छोटा दुरीका जीप तथा बसको भाडा निर्धारण भएको छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका-४ बाक्सिलाबाट छुट्ने जीप तथा बसको भाडा निर्धारण गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले जीपबाट बाक्सिला-काठ्माण्डौंको एकतर्फी जनही २५ सय, बाक्सिला-कटारी-धरानका लागि २७ सय, बाक्सिला गाईघाट-धरानका लागि २४ सय भाडा निर्धारण गरेको छ ।
यस्तै, बाक्सिला–हुर्लुङका लागि ६ सय, बाक्सिला–दिक्तेलका लागि सात सय, बाक्सिला–थर्पुका लागि एक सय, बाक्सिला–आम्बोटेका लागि एक सय ५०, बाक्सिला–जालपाका लागि तीन सय ५०, बाक्सिला–महुरेका लागि सात सय, बाक्सिला–अर्खौलेका लागि आठ सय ५०, बाक्सिला–हलेसीका लागि एक हजार, बाक्सिला–च्यास्मिटारका लागि १३ सय, बाक्सिला–जयरामका लागि १४ सय भाडा तोकिएको छ ।
बाक्सिला–हिलेपानीका लागि १५ सय, बाक्सिला–घुर्मीका लागि १६ सय, बाक्सिला–रसुवाका लागि १५ सय, बाक्सिला–गाईघाटका लागि दुई हजार, बाक्सिला–बेलटारका लागि २२ सय र बाक्सिला–कटारीका लागि २१ सय रुपैयाँ भाडा तोकिएको गाउँपालिकाले जनाएको छ ।
बसमा बाक्सिला–हुर्लुङका लागि पाँच सय, बाक्सिला–दिक्तेलका लागि ६ सय, बाक्सिला थर्पुका लागि एक सय, बाक्सिला–आम्बोटेका लागि एक सय ५० र बाक्सिला–जालपाका लागि तीन रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार