सुरु भयो पोखरामा महोत्सव मौसम
नेपालबहस संवाददाता
पुस ५, २०७८ सोमबार २२:१०:६
५ पुस, पोखरा । पोखरालाई इभेण्टको सहरका रुपमा चिनिन्छ । धेरै ब्यक्तिले रुचाउने सहर भएकोले यहाँ पर्यटकको आउजाउ बाक्लै हुन्छ । पोखरेलीहरुले पर्यटकलाई रमाउने कार्यक्रम थप्दै गएका छन् । पछिल्ला वर्षहरुमा पोखराले आफूलाई महोत्सवको सहरका रुपमा परिचित गराएको छ ।
साना ठूला २ दर्जनभन्दा बढी महोत्सव पोखराले गर्छ । अंग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियसनले ‘नयाँ वर्ष महोत्सव’ ‘न्यु इयर फेष्टिवल’ आयोजना गर्छ । रातको समयमा सडकमै हुने महोत्सवमा झुम्न नेपाली मात्रै होइन, विदेशी पनि उपस्थित हुन्छन् ।
पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय व्यापार मेला आयोजना हरेक वर्ष गर्छ । देशभरका व्यवसायीहरु आफ्ना उत्पादन र सामानहरु बेच्न मेलामा आउँछन् भने ग्राहकहरु किन्नका लागि भीड लाग्छन् । यस वर्ष भने यो मेला हुने–नहुने कुनै टुंगो छैन । आयोजकले कार्यक्रम नगर्ने बुझिएको छ । यो लगत्तै युनाइटेड क्लब पोखराले पोखरा महोत्सव आयोजना गर्छ । यो वर्ष ११औं संस्करणको यो महोत्सव २८ पुसदेखि ९ माघसम्म सन्चालन गर्ने तयारी छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।
१२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ खुला भैसकेको छ । क्लबले महोत्सव आयोजना गरी आम्दानीबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । यसपछि लेखनाथमा लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव आयोजना गर्छ ।
यो वर्ष लेखनाथ महोत्सव १३-२४ माघसम्म सन्चालन हुने छ । कोभिड संक्रमणका कारण २ वर्ष पोखरामा मेला महोत्सव खासै हुन पाएन । अहिले भने सबैले महोत्सव सन्चालनको अनुमति लिएर बसेका छन् । रेवान पोखराले नेपाली नयाँ वर्षमा पनि मिनी स्ट्रिट फेष्टिभल आयोजना गर्छ ।
त्यसबाहेक रामबजार महोत्सव, माघे संक्रान्ति मेला, ढुंगेसाँघु मेला सहित विभिन्न टोल र चोकहरुमा मेला महोत्सव लाग्छन् । सबै महोत्सवहरुमा दर्शकको कमी हुँदैन । अवलोकन सँगै सामान खरिद विक्रीको राम्रो थलो बनेको छ पोखरामा मेला महोत्सवहरु । यो वर्ष हुने महोत्सवहरुको तयारीमा जुटिसकेका छन्, आयोजकहरु ।
केही मेलामा स्थानीय उत्पादनको ब्यापार बढी हुन्छ भने केही महोत्सवमा अन्तर्राष्ट्रिय उत्पादनको सस्तो विक्री गरिन्छन् । मेलाका बेला आयोजकले किनमेल सस्तो बनाइदिन्छन् । त्यसैले ग्राहकहरु झुम्मिन्छन् । पछिल्लो समय भने मेला महोत्सवमा आकर्षण घट्दै गएको छ । सँधै एउटै खाले कार्यक्रम र उस्तै ब्यापारले दर्शकलाई सन्तुष्ट बनाउन सकेको छैन ।
‘मेला महोत्सव अर्थतन्त्र चलायमान गराउने राम्रो माध्यम हो । दुई वर्षसम्म कोभिडले निस्किन नपाएकाहरु यसपालि महोत्सवमा झुम्मिन्छन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘आयोजकले स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रुपमा महोत्सव चलाउनुपर्छ । सम्बन्धित निकायले पनि निगरानी बढाउनुपर्ने देख्छु म ।’ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पनि महोत्सवलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिन्छन् ।
‘धेरैलाई मेलामा सस्तो सामान पाइन्छ भन्ने विश्वास छ । कतिपयले सस्तो बेच्ने प्रचार गरेर बाहिर भन्दा महंगोमा बेचेको गुनासो सुनिन्छ,’ उनी भन्छन्, ‘यसमा आयोजक र ग्राहकहरु सजग हुनुपर्छ ।’ कोभिड संक्रमण पूर्ण नियन्त्रणमा नआएकोले महोत्सव सन्चालन चुनौतीपूर्ण रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार