आजदेखि १३ कुने पोखरीमा महोत्सव हुने
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १६:४९:४०
८ पुस, मङ्गलबारे । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुहुने छ । महोत्सवमा स्थानिय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरिने छ । महोत्सवमा दैनिक पाँच हजार बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवसँगै सो पोखरीमा दुई डुङ्गा सञ्चालन गरिने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकार राजेशपायल राई, पार्वती राई, विनोद खम्बू, हाँस्य कलाकार खड्गबहादुर पुन (खबपु), मनोज गोर्खाली र जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहने अध्यक्ष कहरसिंह राइले बताए ।
महोत्सवमा सांस्कृतिक झाँकी र खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । झाँकी र भलिबल दुवै प्रतियोगिताका विजेता टोलीले नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सव सञ्चालन गर्न अनुमानित रु २० लाखमाथि खर्च लाग्ने बताइएको छ । खर्चको स्रोत माई नगरपालिका, सहआयोजक वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहसँगै प्रायोजक र प्रवेश शुल्कबाट जुटाउने समितिका सचिव सोताङले जानकारी दिए ।
सिमसार मात्र नभएर यस क्षेत्रभित्र पर्ने सुखानी शहीद पार्क, सोक्तिम, चिलिमकोट चिया बगान, माई जलाधार क्षेत्रदेखि सिद्धिथुम्का चुली, पङ्खेलुङ झरना, पानीटार क्षेत्रको रुट तयार गरी प्याकेजमा लैजान सकिने सम्भावना रहेको बताइएको छ । माई नगरपालिका–१ मा रहेको बिहीबारेमा सिमसार संरक्षण गर्न स्थानीयले महोत्सवको आयोजना गरेका हुन् । सिमसार क्षेत्रको नामले परिचित यो ठाउँको प्रचारप्रसार गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन यही पुस ११ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार