नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार १५:५७:१९
♦ टेकराज पोखरेल
१९ पुस, नवलपुर । “बाबु मेरो यो फाराम भरिदेऊ न १” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गरे, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उनी पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुगेका छन् ।
मुलुकमा गणतन्त्र आएपछि उनले मतदान गरेका छन् । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उनले भने, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।”
आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै उनी मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताउछन् । यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उहाँ बताउछन ।
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला निर्वाचन कार्यालय कावासोतीमा पनि नियमित रुपमा मतदाता नामावली सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन् ।
मतदाता नामावलीमा नाम दर्ता गराउन आएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताउछन् । “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भने, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो ।”
विसं २०७४ मा सम्पन्न भएको आम निर्वाचनपछि मात्रै मगर स्वदेश फिर्ता भएका हुन् । “घर आएको पनि चार वर्ष भइसक्यो तर भोट हाल्ने लिस्टमा नाम लेखाएको थिएन”, मगरले भने, “अहिले नगरपालिकामा टोली आएको छ, गएर नाम भर्नु भनेर वडाध्यक्षले भनेपछि यहाँ आएर नाम टिपाउँदैछु ।” नगरपालिकामा टोली आएपछि मात्रै गाउँबाट धेरै मानिसहरु नामावलीमा नाम दर्ता गराउन गैँडाकोट झरेका उनले बताए ।
गैँडाकोटको वडा नम्बर ३ र १८ जिल्लाकै दुर्गम वडामा पर्दछ । वडा नम्बर १८ बाट नगरपालिका आएर फर्किदा एक दिनको समय पूरै खर्चिनुपर्ने हुन्छ । “भोट हाल्नका लागि फोटो खिचाउन जानू भनेर यसअघि कसैले पनि भनेनन्, त्यसमाथि कावासोती जान टाढा पर्छ”, उनले भने, “अहिले आफ्नै नगरपालिकामा टोली आएको छ भनेर हामी गाउँबाट धेरै जना यहाँ आएका छौँ, तर काम सकाउँदा सिङ्गै दिन बित्यो ।”
मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीडमा गैँडाकोट–१४ की १७ सरिता शर्मा पनि हातमा नागरिकता र फाराम लिएर उभिएका । “नागरिकता बनाउने बेलामा जिल्लामा धेरै भीड थियो, त्यहाँ मतदाता नामावलीमा नाम दर्ता नगरी फर्किएँ”, उनले भने, “अहिले आफ्नै नगरपालिकामा फाराम भर्न पाउँदा खुसी छु ।” अब हुने निर्वाचनमा भोट हाल्न पाउने नपाउने अन्यौल भए पनि आफू बालिग भएपछि मताधिकार प्रयोग गर्न पाइने भएका नामावलीमा नाम दर्ता गराउन आएको उनको भनाइ छ ।
“७४ सालको निर्वाचनको याद अलिअलि आउँछ सबै जना भोट हाल्ने भन्दै लाइनमा बस्नुहुन्थ्यो”, उनले भने, “यस पटक त मैले पनि भोट हाल्न पाउँछु भन्ने आशा जागेको छ, हेरौँ उमेर पुग्यो भने पाउँला होइन भने अर्को पटक त पक्कै भोट हाल्न पाउँछु ।” युवाहरुले हाम्रोलाई भन्दा पनि राम्रो उम्मेदवारलाई भोट हालेर नयाँ नेपाल निर्माणमा सहभागी हुन पनि मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
नामावलीमा १६ वर्ष पुगेर नागरिकता बनाएका नेपाली नागरिकको नाम दर्ता गरिने भए पनि १८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा नाम प्रविष्ट भएर उनीहरुले भोट हाल्ने अधिकार पाउने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । अभियान चल्दा मात्रै हुलका हुल नागरिक फाराम भर्न आउने गरेको अनुभव सुनाउँदै उनले अन्य समयमा पनि नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकलाई स्थानीय राजनीतिकर्मीले सचेत गराउनुपर्ने बताए ।
मतदाता नामावलीमा पहिलोपटक नाम दर्ता गराउनका लागि नागरिकले सक्कल नागरिकता, नागरिकताको फोटोकपी, विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएको हकमा बसाइँसराइको प्रमाणपत्र पेस गर्नुपर्ने निर्वाचन अधिकारी भुसालले जानकारी दिए । पहिलोपटक नामावलीमा नाम दर्ता गराउनबाहेक मतदाता नामावलीमा नाम सच्याउन, मतदान गर्ने स्थान परिवर्तन गर्नलगायतको लागि भने नागरिकले आवश्यक कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार