कपिलवस्तुमा सुत्केरीलाई कुखुराको भाले र घिउ
नेपालबहस संवाददाता
पुस २०, २०७८ मंगलबार १३:२५:३३
२० पुस, कपिलवस्तु । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं। १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।
यस आर्थिक वर्षमा वडा भित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन समेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार