दुलही खोज्न सडक छेउछाउ बिलबोर्डमा विज्ञापन
नेपालबहस संवाददाता
पुस २५, २०७८ आइतबार १९:५८:२८
२५ पुस, एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ दुलही खोज्न लन्डन र बर्मिङ्गमका सडकछेउछाउ बिलबोर्डमा विज्ञापन राखिएको कुराले । तर यो सत्य हो । यूकेमा एक अविवाहित युवकले ठट्यौलो पाराका सन्देशसहित आफू दुलहीको खोजीमा रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेका छन्।
उनन्तीस वर्षीय मोहम्मद मलिकले युवतीहरूलाई आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा त्यस्तो विज्ञापन गरेका हुन्।सडकछेउछाउ राखिएका विज्ञापन गर्ने ठूला बोर्डमा उनको हँसिलो तस्बिरसहित ूमलाई मागी बिहेबाट जोगाऊू लेखिएको छ।
आफू परम्परागत मागी विवाहको विपक्षमा नरहे पनि पहिले ‘आफैँले खोजेर कसैलाई फेला पार्ने’ प्रयास गरेको उनले बताएको बीबीसीमा उल्लेख गरिएको छ । समाचारमा जनाइए अनुसार लन्डनमा बस्ने मलिक ब्याङ्कमा परामर्शदाताका रूपमा काम गर्छन्। उनले अहिलेसम्म श्रीमती खोज्ने आफ्नो प्रयास उपलब्धिविहीन रहेको बताएका छन्।
अब एउटा विशेष वेबसाइट indmalikawife.com बाट दुलही खोज्ने अभियान जारी राख्ने उनको योजना छ। शनिवार बिलबोर्डमा विज्ञापन गरेपछि चासो देखाउँदै सयौँ सन्देश आएको उनले बताए।
मलिकले बिलबोर्डमा विज्ञापन गर्नुअघि महिलाहरू भेट्न अरू तरिका प्रयोग गरेको समेत बताएका छन् । त्यसपछि उनले जोडी खोज्न प्रयोग गरिने डेटिङ एप र केही डेटिङ कार्यक्रमको पनि सहारा लिए। तर ती दुवै आफूलाई अत्यासलाग्दा लागेको बताएका छन् ।
अन्त्यमा उनका एक साथीले उनलाई आफ्नो विज्ञापन गर्न सुझाव दिए। मलिक भन्छन्, ‘मैले सोचेँः किन नगर्ने ? त्यसमा खराबी नै के छ र ?’ उनले राखेका बिलबोर्ड जनवरी १४ सम्म रहनेछन्। मलिकले आफूलाई इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसोठट्टामा पनि मिल्न सक्ने हुनुपर्ने बीबीसीसँग बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार