अर्घाखाँचीमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १९:३२:३७
हरिप्रसाद भुसाल
२८ पुस, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।
मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।
सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।
त्यस्तै सिट क्षेमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक डाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अनुरोध गरेको छ । हरेक सवारीसाधनहरुको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नका साथै मास्क नलगाएकालाई यात्रा गर्न नदिनसमेत प्रशासनको अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार