नेपाल पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करी प्रकरणमा मुछिए
नेपालबहस संवाददाता
माघ २, २०७८ सोमबार ३:५५:५९
२ माघ, काठमाडौं । पर्यटनमन्त्री प्रेम आले सर्वाधिक चर्चामा रहेका छन् । पूर्ववर्ती सरकारले गरेका सबै निर्णयहरु सार्वजनिक गरेर हिरो भने ध्यानमा लागेका आलेले आइतबार पर्यटन नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पत्रसहित सार्वजनिक गर्न लगाएका छन् ।
अघोषित रुपमा रेग्मी सुन तस्करीमा मुछिएको पत्र उनै पर्यटनमन्त्री आलेले सार्वजनिक गर्न लगाएका हुन् । बोर्डका सिइयो २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको खुलासा भएको हो ।
उनीमाथि पर्यटन बोर्डले गरेको छानबिनको क्रममा कतार एयरलाइन्सको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको खुलासा भएको हो । सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । सो मुद्दामा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो ।
पर्यटन मन्त्रालयले विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गरेर रेग्मीबारे जानकारी माग गर्दा भन्सार कार्यालयले यसबारे जानकारी गराएको हो । भन्सारले पुस ३० मा मन्त्रालयलाई लेखेको उक्त पत्र आइतबार सार्वजनिक भएको हो । पूर्व पर्यटनमन्त्री योगेश भट्टराइले रेग्मीलाई पर्यटन बोर्डमा सिइयो नियुक्ति गरेका थिए ।
भट्टराइलाई बद्नाम गर्न लागिपरेका आलेले रेग्मीबारे भन्सार कार्यालयले कारवाही गरेको पत्र सार्वजनिक गर्न लगाएका हुन् । तर रेग्मी २०७६ माघमा मात्रै पर्यटन बोर्डको सिइयोमा नियुक्त भएका थिए । पर्यटन बोर्डमा आउनु अघि नै सुन चोरी पैठारीमा मुछिएको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार