कोरोना बढ्न थालेपछि हाटबजार बन्द गर्ने निर्णय
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार १८:२०:२०
६ माघ, खोटाङ । कोभिड-१९ को संक्रमण पुन: बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ‘डिसिएमसी’को बैठकले कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रूपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दोस्रो लहरपछि लाग्न थालेका हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पुन: अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरेको जनाएको छ । जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा पर्ने गरेका छन् ।
कोरोनाको संक्रमण वृद्धि भइरहँदा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको पाइएको छ । कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ बढ्दो रहेको देखिएको छ ।
न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । संक्रमणविरुद्धको प्रतिकार्य तथा पूर्वतयारी योजना बनाउनमा स्थानीय सरकार तातेको देखिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार