गड्डाचौकीमा भारतबाट हुने आवतजावतमा रोक
नेपालबहस संवाददाता
माघ ९, २०७८ सोमबार १:५१:५२
९ माघ, कञ्चनपुर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत ९साइकलमार्पmत हुने क्यारिङ समेत० नगर्ने÷ नगराउने निर्णय गरेको छ ।
अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड ‘मोबाइलमा फोटोसमेत भए हुने’ अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ ।
विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ ।
सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घलगायतका सरोकारवाला सबै सङ्घसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र सङ्घसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार