मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड
नेपालबहस संवाददाता
माघ १४, २०७८ शुक्रबार १९:५२:११
१४ माघ, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।
वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।
विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए । वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार