वैदेशिक रोजगारीबाट फर्किएका पाँच जनामा कुष्ठरोग
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार १२:३८:३६
♦ सन्तोष शर्मा
१७ माघ, बनियानी । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।
नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक÷एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्”, उनले भने, “यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”
जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । तीमध्ये एक÷एक बालक र बालबालिका छन् । कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।
यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ । गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उनले भने, “यस वर्षपछि तीन-चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ । ”जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ । जिल्लामा आव २०७५/०७६ मा २१२ , आव २०७६/०७७ मा १४० र आव २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ ।
यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् । जिल्ला कार्यक्रम संयोजक पोखरेलले भने, “कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।”जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउछन् । उनले भने, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउछन । “सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्”, उनले भने, “यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।” छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए ।
कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं. १ मा पहिलो हो । झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार