श्रीमानसँग बेड सेयर गर्न पालो कुर्ने आठ पत्नी !
नेपालबहस संवाददाता
माघ १९, २०७८ बुधबार २१:०:३८
१९ माघ, एजेन्सी । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा भएपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्रशैलीका टाटु विज्ञ ओङ दाम सोरोटले हालसालै एकजना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वाता दिएपछि उनको अनलाइन चर्चा बढेको हो ।
सोरोटले आठ वटा विवाह गरेका छन् र उनीहरु सबै एउटै छानोमुनि बस्छन् । उनीहरुले एउटा ठूलो खुशीयाली परिवार मान्छन् । कार्यक्रममा सोरोटले आफ्ना हरेक पत्नीलाई परिचय दिँदै उनीहरुसँगको भेटबारे खुलासा गरेका छन् । त्यस्तै, आठै जना महिलाले आफ्ना पतिलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् ।
सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए । त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौ पत्नी नोङ फिल्मलाई मन्दिर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीहरुसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका थिए ।
‘उनी निकै हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्यै सुझबुझ भएका पुरुष हुन्,’ आठै जना महिलाले भने । उनले राम्रो व्यवहार गरेकोले झगडा गर्नु नपरेको आठै जनाले बताएका छन् ।
जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती भएका छन् । आठ वटा श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार