चैनपुर नगरपालिकामा अनियमितता भएको भन्दै चार दलले गरे कारबाहीको माग
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १८:४५:७
२८ माघ, संखुवासभा । चैनपुर नगरपालिका आर्थिक अनियमितता भएको भन्दै संखुवासभाका चार दलले कारबाहीको माग गरेका छन् ।
चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीसहित नगरपालिका नेतृत्वले चरम अनियमितता गरेको आरोप लागेको छ । नगरपालिकामा करडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन् ।
चैनपुर नगरपालिकामा रहेका एमालेबाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा स्थानीयले चैनपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका छन् । यथाशीघ्र बेरुजु रकम तिर्न दबाबका लागि पत्रकार सम्मेलन गरिएको उनीहरूले बताए ।
माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले चाँडै बेरुजु रकम फिर्ता गर्दै कानुनी कारबाही भोग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले जनप्रतिनिधि भएकाले नियमविपरीत रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै बेवास्ता गरी फिर्ता नगर्ने प्रवृत्ति खराब रहेको बताए।
एकीकृत समाजवादीका नेता उमेशकुमार डाँगीले तीन वर्षको अवधिमा नगरमा करडौंको भ्रष्टाचार भइसकेको बताएका छन् ।
नगर प्रमुख खत्रीले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेस्की लिएको, चीन भ्रमणमा नियमविपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ ।
नगर प्रमुख खत्रीले प्रतिवेदन अध्ययन गरेर मात्रै जानकारी गराउने बताएका छन् ।
भ्रमणका नाममा स्वीकृतिविनै चार लाख भुक्तानी
नगर प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएका छन् । वैदेशिक भ्रमणमा जानुपूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि प्रमुख खत्रीले स्वीकृति नलिई ४ असोज २०७५ मा चीन भ्रमणको नाममा तीन लाख ९९ हजार पाँच सय रुपैयाँ लिएका हुन् । आर्थिक वर्ष २०७५(७६ मा उनी चीन भ्रमण गएको भए पनि मन्त्रालयको स्वीकृति नलिई नै भ्रमण गरी भुक्तानी लिएका छन् । त्यस्तै सवारी साधनबापत वार्षिक ९६ हजार रुपैयाँ लिए पनि कार्यालयकै सवारी साधन प्रयोग गरी रकम लिएको उनीहरूको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार