पोलिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमा
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार २३:९:३४
२८ माघ, काठमाडौं । हेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उक्त भवन निर्माण सुरु गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवद्वारा २०६६ सालमा गरिएको भारत भ्रमणका अवसरमा नेपाल र भारतबीच भारत सरकारको अनुदानमा उक्त भवन निर्माण गर्न सम्झौता भएको हो ।
भवन निर्माण गर्न भारत सरकारले ४८ करोड ४८ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसनले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा भवन निर्माण गर्न २०७६ भदौ १४ गते सम्झौता गरेको थियो ।
दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण भारतीय निर्माण कम्पनीले नेपाली कम्पनी शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो । नेपाली निर्माण कम्पनीले २३ ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोस्रो तलाको काम पूरा भएको जनाएको छ ।
भारतीय कम्पनीबाट रकम भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको शान्ति आरोग्य निर्माण कम्पनीका प्रबन्धक अभिषेक बरालले जानकारी दिए । आगामी जुलाई महिनासम्मका लागि निर्माणको म्याद थप गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार