सामग्री तार्ने क्रममा बेलिब्रिज भाँचियो, तीन ट्रक पुलमै फसे
नेपालबहस संवाददाता
माघ २९, २०७८ आइतबार २:३८:३८
२९ माघ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।
निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।
अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।
पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार