पाेखरामा सिनेमा हल र रात्रीकालीन व्यवसाय खुला
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शनिबार २:२५:४४
६ फागुन, पाेखरा। कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो।
प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो। यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन व्यवसाय तोकिएका स्वास्थ्य सुरक्षा मापण्ड पालना गरी राति १२ बजेसम्म सञ्चालन हुने गरी खुला गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।
उनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकले जिल्लामा थप सेवा तथा व्यवसाय सञ्चालन गर्ने सक्ने गरी अनुमति दिने निर्णयानुसार रात्रीकालीन व्यवसाय खुला गरिएको हो। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण रोकथाम तथा नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै प्रशासनले गत पुस अन्तिम सातादेखि जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको थियो।
पछिल्लो समय कोरोना घट्दै गएपछि गत फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा राप्रपाले मत नदिने, मुख्यमन्त्रीको पक्षमा ३० मत
बैशाख २३, २०८१ आइतबार
ठेकी प्रयोगविहीन हुन थालेपछि जीविकोपार्जनमा समस्या
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
संसद अवरुद्धबारे रणनीति बनाउन कांग्रेसले बोलायो दलको बैठक
बैशाख २३, २०८१ आइतबार
दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन
बैशाख २३, २०८१ आइतबार