नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो
नेपालबहस संवाददाता
फागुन ९, २०७८ सोमबार २२:२३:२७
९ फागुन, वासिङ्गटन डिसी। अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन्। शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए। ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका छन्।
सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो। यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताए।
चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उनले बताए। विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवर्द्धनमा मद्दत पुगेको बताउँछन्।
अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताए ।
उनले भने, ‘परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन्।’
उनले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पुर्याउन सजिलो भएको जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार