पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिवपार्वती !
नेपालबहस संवाददाता
फागुन १०, २०७८ मंगलबार २३:३६:३४
९ फागुन, काठमाडौं। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवानका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ। पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ ।
विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ । पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ । हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ । पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ ।
पशुपतिमा कुदृष्टि लगाउनेलाई राम्रो हुँदैन : मन्त्री आले
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले महाशिवरात्रि पर्व व्यवस्थापन तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि सबै सुविधा हुने गरी व्यवस्थापन गर्न मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिए । पशुपति क्षेत्रमा सफाइ गर्न, शौचालयको राम्रो प्रबन्ध गर्न पनि उनले पदाधिकारीको ध्यानाकर्षण गराए ।
पशुपति क्षेत्रको सम्पत्तिमा कुदृष्टि लगाउनेलाई राम्रो नहुने बताउँदै मन्त्री आलेले नेपाल–भारतमैत्री पशुपति धर्मशालालाई सहीरुपमा व्यवस्थापन गर्ने बताए । धर्मशालामा महाशिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि आगामी वर्षदेखि काम गरिने जानकारी दिए।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा यस वर्ष बिजुली बत्ती र फूलमालाले विशेषरुपमा सजाएर आकर्षक बनाउन लागिएको बताए । भित्तामा बनाइने देवीदेवताका चित्र पनि भक्तजनको आकर्षक केन्द्रका रहने उनको भनाइ थियो ।
महाशिवरात्रिको तयारीमा १० उपसमिति
समितिअन्तर्गत १० वटा उपसमिति गठन गरेर तयारीका काम तीव्र गतिमा भइरहेको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।
यसैगरी स्वास्थ्य सेवा, मेला बजार तथा साजसजावट, स्वयंसेवक परिचालन र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै माघ ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला गरिएको थियो ।
मूल समितिअन्तर्गत गठन भएका उपसमितिले कामलाई तीव्रता दिएका छन् । सुरक्षा उपसमितिले बुधबार बैठक गरेर तयारीलाई अन्तिमरुप दिने जनाएको छ ।
धुनी जगाउन ३३ हजार किलो दाउरा
यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ । यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिए ।
संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ ९मृगस्थली०, अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ ।
संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए । गत वर्षसम्म एकै जना साधुले मेरो समूहमा ३० जना छन् भनेपछि समूहकै दक्षिणा दिइन्थ्यो । यस वर्ष भने स्थलगतरुपमा अनुगमन गरेर व्यक्ति, व्यक्तिलाई दक्षिणा दिने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तलाई तहअनुसार दक्षिणा दिने व्यवस्था परम्परादेखि रही आएको छ । यस वर्ष संस्थानले वरिष्ठ महन्तसँग अन्तक्र्रिया एवं सम्मान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक गर्न लागिएको संस्थानका अध्यक्ष भुसालले बताए ।
कोरोना महामारी कम भएकाले यस वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा सात हजार साधुसन्त आउने संस्थानको अनुमान छ । थापाथली त्रिपुरेश्वर क्षेत्रमा जनकपुरस्थित रामजानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा सन्तहरु आएर बस्ने संस्थानले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा यस वर्ष थापाथली क्षेत्रको वैरागी अखडाले तीनदिने महायज्ञको आयोजना गर्ने भएको छ । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा पहिलोपटक महायज्ञ गर्न लागिएको हो । यज्ञ फागुन १५ गते सुरु भई फागुन १७ गते महाशिवरात्रिका अवसरमा समापन गर्ने तयारी भएको छ ।
थापाथली त्रिपुरेश्वर क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा आउने साधुसन्तका लागि संस्थानको केन्द्रीय कार्यालयले नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने भएको छ । यस क्षेत्रका अखडामा आउने साधुसन्तका लागि पनि संस्थानले परम्परादेखि नै खाने, बस्ने एवं धुनीको व्यवस्थापन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
मंसिर १७, २०८१ सोमबार
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
मंसिर १६, २०८१ आइतबार
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार