एनआरएनए विभाजनको संघारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २०:५२:१२
२ चैत, काठमाडौँ । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको थियो ।
एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको छ । एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ । यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहनुभएको पनि बुझिएको छ ।
संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि संघका अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ । सो समूहले यही चैत १० र ११ गते मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष लामा समूहले यही चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ । महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए । उनका अनुसार महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी रहेको छ ।
संघको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो । त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो । संघको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार