एनआरएनए विवाद : निर्वाचन रोकेर दुवै पक्षलाई छलफलमा आउन अन्तरिम आदेश
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २०:३२:३४
७ चैत, काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।
अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार ९९ चैत० मा बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो।
दुवै पक्षलाई आ-आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्को पक्षको तयारी छ । अदालतको फैसलापछि सहमतिका लागि नेतृत्वलाई दबाब बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार