प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेला रोक्न एनआरएनए अध्यक्षले लेखे पत्र
नेपालबहस संवाददाता
चैत ७, २०७८ मंगलबार २:५०:१७
७ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले शेष घले पक्षको समानान्तर महाधिवेशन रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
उनले यस वर्षको सम्मेलन तथा महाधिवेशन गत अक्टोवरमा सम्पन्न हुनु पर्नेमा केही आन्तरिक समस्याका कारण मार्च २४ र २५ मार्चमा निर्वाचन गर्न लागिएको पनि बताएका छन् । निर्वाचनपछि विश्व सम्मेलन तथा महाधिवेशन २६ र २७ आयोजना हुन गइरहेको समेत पत्रमा उल्लेख गरेका छन् ।
‘निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भईरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केही असन्तुष्ट पक्षहरुले मंगलबार २२ मार्च, २०२२ देखि २५ मार्च २०२२ सम्म सम्मेलन तथा महाधिवेशन आयोजना गरेकाले त्यसलाई रोकी दिन हुनको लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछु’, पन्तले लेखेको पत्रमा उल्ल्ेख छ ।
यहीबीचमा समानान्तररुपमा छुट्टै सम्मेलन हुन लागेको भन्दै उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि सो कार्य रोकिदिन आग्रह गरेका छन् ।
एनअराएनएभित्र संस्थापन र शेष घले–कुल आचार्य पक्षीबीचको विवादले छुट्टाछुट्टै महाधिवेशन गर्न लागिएको हो । यहीबीचमा उच्च अदालत पाटनले विवादबारे चैत ९ मा दुबै पक्षलाई छलफलका लागि बोलाउनुका साथै यो बीचमा निर्वाचनका कुनै पनि कार्य नगर्न भनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार