स्थापनको दुई वर्षमा सुदूरपश्चिम प्रदेश लोकसेवाले बल्ल खोल्यो विज्ञापन
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १९:५५:५७
९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थापनाको करिब दुई वर्षपछि पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ । स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो ।
आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो । आयोगले जनरल फरेष्ट्री खुलातर्फ ९२ जना माग गरेको छ । यसैगरी, २५ जना महिला, २० जना आदिवासी जनजाति, १६ जना मधेसी, सात जना दलित, चार जना अपाङ्ग, तीन जना पिछडिएको क्षेत्र गरी जम्मा एक सय ६७ पदका लागि विज्ञापन आह्वान गरेको प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले बताए ।
आयोगले विभिन्न सेवाका क्षेत्रका लागि सहायक स्तर पाँचौ तहका प्राविधिक पदमा फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र वैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।
सहायक स्तर पाँचौ तहका प्राविधिक पदहरूतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको कम्प्यूटर अधिकृत भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार