सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं: उपाध्यक्ष शर्मा
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १२:४७:२७
२२ चैत काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् ।
संघको १० औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्याउन अभियान त्यति सहज नभएको बताए । शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् ।
उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्विकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्विकार गर्नु पर्ने स्थिति आएको बताए । संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् ।
शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार