पर्वत श्रृंखला चुरे संरक्षण्मा सबै पक्षको सहकार्य आवश्यक: राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:५४:५
२७ चैत, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएका चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् । आइतबार रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा राखिन् ।
चुरे क्षेत्रमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संरक्षणका विभिन्न कार्यक्रम भइरहेको छ । राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् ।
कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।
प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । तराइ मधेशमा व्याप्त बोक्सी तथा दाइजोजस्ता कुप्रथाहरु हटाउन स्थानीय स्तरबाटै जनचेतना अभिवृद्धि हुनुपर्ने उनले बताइन् ।
गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३०० शय्याको सो अस्पतालको उदघाटन कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं १ का सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार