तपाईको २०७९ सालको बार्षिक राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १२:३५:३७
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- यो वर्ष मेष राशि हुनेहरुका लागी शुभ फल प्राप्त हुनेछ । वर्षभरिने शनिको अनुकुल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहने छ । बहुमुल्य धातु तथा सवारीसाधन जोड्न सकिने छ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत-साधनको व्यापार व्यवसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईने छ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।
वर्षभरिनै व्यापार भावमा केतुको गोचर भने मध्यम रहने छ । साझेदारी व्यापारमा मनमुटाब सिर्जना हुनेछ । भौतिक सम्पती हराउने, सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेको छ । आर्थिक मन्दि तथा काममा ढिला शुस्तिको चपेटामा परिने छ । घरपरिवारमा जीवनसाथीसँग मनमुटाब बढ्ने तथा आत्मिय जन सँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपतचार खर्च बढेर जाने छ ।
खर्च भावमा बृहस्पतीको गोचर प्रतिकुल रहने छ । आर्थिक क्रियाकलापमा मन्दी आउने छ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहने छ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तरपनि प्रयत्न गर्दा ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, बैज्ञानिक शोध, लेखन,कला साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी यो वर्ष राम्रो रहेको छ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाधिने गतिलो योग रहेको छ ।
स्कुल,कलेज,कन्सल्टेन्सि,फार्मेर्सी,अस्पताल,ट्राभलजेस्सि,तरल पदार्थ,हाईड्रोपावर,अनलाईन व्यापार,प्राकृतिक स्रोत साधनको व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ ।
असार १८ गतेबाट साउन ३१ गतेसम्म राशिस्वामी मंगलले केन्द्रमा बसेर रुचक योगको निर्माण गर्ने हुनाले आट,शाहस तथा पराक्रममा बृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवयेर,फलामको व्यावसाय फस्टाएर जाने छ । मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाईका अलावा अतिरिक्त क्रिर्याकलापमा भाग लिई मनग्गे लाभ लिन सकिने छ । आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागी मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- बृष राशि भएका व्याक्तिहरुका लागी समग्रमा वर्ष २०७९ शुभ रहने छ । वर्षभरिनै लाभ भाव बृहस्पतीको अनुकुल प्रभावले विशेष गरी स्कुल,कलेज,कन्सल्टेन्सि,पर्यटन,होटल व्यवसाय, शेयरबजार र बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यवसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकने छ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मायाप्रेम गर्ने जोडिहरुको आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरिनै बृहस्पतीको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश बृद्धिको गतिलो योग रहेको छ ।
वर्ष भरिनै भाग्य र राज्य भावमा शनिको गोचर शुभ रहनेछ । नोकरीमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्य हुनेछ । समाजमा बिशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममूखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री तथा उत्पादनमूखि व्यावसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यवसायमा विशेष गरी निर्माण सामग्री,औषधी र गाडी वा ईन्जीन सम्बन्धी सामानको व्यापार व्यवसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।
बिद्यार्थीहरुमा तार्किक क्षमतामा बृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडी बढि नतिजा आफैतिर ल्याउन सकिने छ । कानुन विषय लिई अध्ययन गर्ने बिद्यार्थीहरुका लागी न्याय क्षेत्रमा प्रबेश गर्नको लागी समय उत्तम रहने छ । टेक्नीकल विषय जस्तै मेकानिकल ईन्जिनियर,फार्मेसी,डाक्टर,पाईलट र भुगोल सम्बन्धी अध्ययन गर्ने बिद्यार्थीका लागी समयले साथ दिने छ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहने छ ।
वर्षभरिनै राहु र केतुको गोचर शुभ रहने छ । विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कुटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरुका लागी समयले साथ दिने छ । पराराष्ट्र,एनजिओ,आईएनजीओ,विदेशी सामनको व्यापार व्यवसाय र विदेशी सामानको व्यापार गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउने छन् । कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको उपलब्धी हासील गर्न सकिने छ ।
राशि स्वामी शुक्र असार ०३ गतेबाट असार २७ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारीसाधन विलाशी वस्तु जोड्न सकिनेछ । आर्थिक दृष्टिकोणले साउन,कार्तिक,फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार ईन्द्रयणी देवीको दर्शन,पूजा आराधाना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागी आईतबार भैरवको दर्शन र पूजा गर्नाले तपाईँका दिनहरु थप फलदायी रहने छन् ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- मिथुन राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । माघ २७ गतेसम्म अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागी भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरु बीच नै शैद्धान्तिक राय बाजिने छ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिज,सुगर,मोटोपन, उक्त रक्तचाप,पथ्थरी तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइरहने छन् । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च तथा चिनाको ३,६,११ भावमा भए शनिको अढैया शुभ रहने छ ।
वर्षभरी राज्यभावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले स्कुल,कलेज,मन्टेश्वरी,बैक तथा बित्तिय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैक तथा बित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाईलेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिने छ । आफुलाई मन परेको मानिससँग वा पतिपत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिने छ । राजनीति तथा समावसेवामा समय खर्चनेहरुका लागी समय उत्तम रेहेकोछ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।
अर्कोतर्फ वर्षभरी नै लाभ भावमा राहु र बिद्या भावमा केतुको गोचर शुभ रहने छ । बिद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने लाभ भावको राहुले एनजिओ, आईएनजिओ, विदेशी लगानीबाट सञ्चालित सस्था, कन्सल्टेन्सि र मेनपावर जस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिने छ ।
राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भाद्र ०४ गतेबाट कार्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कार्तिक ०८ गतेसम्म शुख भावमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिने छ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेको छ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिने छ । प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्न छ । आर्थिक दृष्टिकोणले बैशाख, भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- बृहस्पतीको अनुकुल प्रभावको कारणले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिने छ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइने छ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिने छ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगती हुनेछ । प्रयत्न गर्दा नोकरी पाईनुका साथै दाम,इनाम र प्रतिष्ठा कमाउन सकिने छ । भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्ने छ । सन्तानका माध्यमबाट सुख प्राप्त हुने छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिने छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्ने छन् । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउने छ ।
माघ २७ गतेसम्म शनि व्यापार भावमा शश नामको पञ्चमाहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादन मुखी व्यवसाय फस्टाएर जानेछ । सवारीसाधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहने छ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तरपनि पारिवारिक सम्बन्ध र अन्य घरायसी सम्बन्धहरुमा खटपट हुने योग बन्ने छ । साझेदारी व्यावासाय गर्दा ध्यान दिनुहोला । माघ २८ बाट शनिको अढैयाको प्रभाव पर्ने हुनाले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्ने छन् । आलोचक बढ्नाले काम रोकिनेछ । तरपनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।
वर्षभरी नै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतीको परिचालन मार्फत मनग्गे लाभ लिन सकिने छ । नयाँ काम पाउने,पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिने हुदा राज्यबाट पद पाउने,नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । तरपनि केतुको गोचर भने शुभ रहन्न, घरजग्गा किन्दा पा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैशाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेको छ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको पूजा तथा पिपलमा जल चडाउदा लाभ मिल्ने छ । राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागी बटुक भैरबको पूजा तथा आराधाना गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- वर्षभरी नै कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले घर जग्गा,हाउजिङ तथा सवारीसाधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखीन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिने छ । पुराना समस्या दोहोरिने तथा घर व्यवहारको समस्याले आर्थिक उन्नती गर्न सकिने छैन ।
तरपनि प्रतिस्पर्धा र व्यापार भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले उत्पादनमूखी व्यवसाय फस्टाएर जानेछ । सवारीसाधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहने छ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिने छ ।
वर्षभरी नै राहु र केतुको गोचर शुभ रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने वा बढुवा हुने योग रहेको छ । पराराष्ट्र,एनजिओ,आईएनजीओमा तपाईको उच्च स्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ ।
प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्ने छन् । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको पूजा तथा पिपलमा जल चडाउदा लाभ मिल्ने छ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- कन्या राशि हुनेहरुका लागी वर्षको समय मिश्रित रहने छ । माघ २७ गतेसस्म बिद्या,बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पतिमा भागबन्डा लाग्न सक्छ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइने छ । विद्रोहीहरूको दबाब र झमेला बढ्ने योग रहेकोछ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउने छन । जन्मकुण्डलीमा शनि–प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउने छन् । सन्तान तथा आफन्तसँग घरायसी कुरायमा राया बाजिने वा विवाद हुनेछ । माघ २८ गतेबाट शनिको प्रभाव शुभ रहने हुनाले नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ ।
त्यस्तै बृहस्पतीको अनुकुल प्रभावले शेयरबजार, स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङक तथा बित्तिय क्षेत्र सँग सम्वन्धीत व्यवसायमा समय खर्चने हरुका लागी समय उत्तम रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ । नाँफामूखि व्यवसाय र सेवामूखि व्यावसाय फस्टाएर जानेछ । प्र्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिने छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी गर्न सकिने छ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिने छ । बंश बृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।
कष्टभावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा,चोटपटक र अर्थहानी जस्ता समस्या देखापर्न सक्छन् । उपलब्धी र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्ष भरी नै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखी गरिरहेको काममा मनमुटाब सिर्जना भई काम छोड्नु पर्ने हुन सक्छ । धन सम्पती सापटीको रुपमा लिदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला ।
राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भाद्र ०४ गतेबाट कार्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कार्तिक ०८ गतेसम्म केन्द्रमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारीसाधन जोड्न सकिने छ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिने छ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउन,मंसिर तथा फाल्गुन राम्रो रहने छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- तुला राशि हुनेहरुका लागी वर्ष २०७९ मध्यम रहने छ । माघ २७ गतेसम्म शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरु लाग्ने, कार्यमा ढिलाशुस्ति,मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आघात पुग्ने,मानसिक चिन्ता तथा स्वास्थ्य सम्वन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावस्यक दुःख दिनेछन्, भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । मोटोपन,कोलस्ट्रोल,जन्डिज,फोक्सो तथा मुटु रोगीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुने छ ।
ऋण,रोग र सत्रुभावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्ने छ । राजनीति तथा कुटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
वर्षभरी नै राशिमा गोचर गर्ने केतु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउने छ । राशी स्वामी शुक्र कार्तिक ०१ गतेबाट कार्तिक २४ गतेसम्म राशीमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पति जोड्न सकिने छ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहने छ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमि प्रति श्रद्धा बढ्ने छ । गीत संगित तथा मोडलिङ क्षेत्रका काम गर्नेहरुका लागी समय फलदायी रहने छ । आर्थिक दृष्टिकोणले साउन,भाद्र,पौष तथा चैत्र अनुकुल रहेको छ । प्रतिकुल समयमा देवी तथा बंगलामुखिको दर्शन, पूजा तथा आराधना, तथा बृहस्पतीको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- बृश्चिक राशि हुनेहरुका लागि वर्ष २०७९ शुभ रहने छ । विदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागी समय उत्तम रहेको छ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिने छ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुने छ । पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोतसाधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिने छ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा, ठेक्कापट्टा,गाडी तथा इञ्जिन सम्वन्धीत कामबाट आम्दानिका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईने छ । माघ २८ गतेबाट शनिको अढैया दशाको प्रभाव सुरु हुनाले सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउने छन् । तरपनि वर्षभरी नै बृहस्पतीको गोचर शुभ रहने छ । पशुपालन तथा कृषि व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिने छ । अकस्मात धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउन सकिने छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जाने छ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम
वर्षभरी नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हातपार्न सकिने छ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुने छ । प्रेम र मित्रताको बन्धन पनि कसिने छ ।
आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेको छ । बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशि पार्नको लागि बिष्णु भगवानको पूजा, पीपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्ने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- धनु राशी भएका व्यक्तिहरुलाई शनिको अन्त्य साढेसातीको प्रभावले अशुभ रहेपनि अन्य ग्रहको अनुकुलताले वर्ष शुभ नै रहने छ । जन्म कुण्डलिमा शनि कमजोर हुनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्ने छ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहने छ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममूखि फल दिने छ ।
बृहस्पतीको अनुकूलताले बिद्यार्थीहरुका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिने छ भने अध्ययनकै शवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी वर्ष शुभ रहने छ । स्कुल,कलेज,फार्मेसी,अस्पताल,बैक तथा बित्तिय क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पती जोड्ने योग रहको छ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिने छ । मिहिनेतले स्वरोजगार बन्न सफल भइने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।
वर्षभरी नै राहु र केतुको गोचर शुभ रहने छ । अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईको नाम अग्र स्थानमा आउने छ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हातपार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने छ । साढेसातिको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउदा फाईदा हुनेछ । बृहस्पतीको लागी माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- मकर राशी हुने हरुका लागि वर्ष २०७८ मिश्रित रहने छ । न्यायलय, ईन्जिनियरिङ, ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगती हुनेछ । पराक्रम भावमा गोचर गर्ने शुभ बृहस्पतीको प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मायाप्रेमको सम्वन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथिको सहयोगले विषेश काम गर्ने अवसर प्राप्त हुनेछ ।
वर्षभरी नै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा परिवारजनसँग मतभेद रहने छ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । वर्षभरी नै शनिको मध्य तथा अन्त्य साढेसाती दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने छ भने घरमा आफन्त तथा अग्रज हरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्ने छ । सीमित क्षेत्रबाट माथी उठ्न बाधा पर्नेछ । मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिने छ ।
उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्ने छ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुने छ । शनिको नकरात्मक प्रभावबाट बच्नको लागी महांकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चडाउदा फाईदा हुने छ । वर्षभरी राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्ने छ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशी हुनेहरुका लागी समय संघर्षशिल रहेपनि फलदायी नै रहने छ । वर्षभरिनै शनिको आद्य साढेशातिको प्रभाव रहनेछ । साढेशातिको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दी आउने छ । विदेशी भाषा तथा विदेशी सस्कार सस्कृतिको अनुसरण गर्नेहरुका लागी समयले साथ दिने छैन । बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागी भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ ।
वर्षभरी नै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आट,शाहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमामा सहभागि भई देश विदेशको यात्रामा निश्कन सकिने छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । पढाईलेखाईकै सवालमा दक्षिण तथा पच्चिमी मुलुकको यात्रा गर्न सकिने छ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ ।
तरपनि धन भावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिने छ । भूमी तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रसस्त आम्दानी हुने छ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिने छ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहने छ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिने छ ।
स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जाने छ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । मायाप्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्ने छन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिने छ, भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । आर्थिक दृष्टिकोणले बैसाख साउन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- यो वर्ष मिन राशी हुनेहरुका लागी शुभ फल प्राप्त हुने छ । वर्षभरिने शनिको अनुकुल प्रभाव रहने छ । राजनीति,समाजसेवा,ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहने छ । बहुमुल्य धातु तथा सवारीसाधन जोड्न सकिने छ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार व्यवसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्ने छन् ।
बृहस्पतीको अनुकुल प्रभाव रहनेछ,जसको कारण नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिने छ । भूमी तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रसस्त आम्दानी हुने छ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिने छ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहने छ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिने छ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जाने छ ।
बिद्यार्थीवर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्ने छन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । मायाप्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्ने छन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईने छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिने छ, भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ ।
तरपनि वर्षभरिनै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्वसँगको सम्वन्धमा दरार पैदा हुनेछ । आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागी मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार