चिया पसलदेखि करोडाैंको मालिकसम्म : भगवान कार्की
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १९:३७:५७
संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की ।
चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको मामाघर नुवाकोटको शिवपुरी हो ।
अहिले उनलाई चिन्नेहरुले समाजसेवी, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता, अझ केहिले राजनीतिमा चासो राख्ने व्यक्ति भनेर पनि चिन्छन् । जस्ले जुन् रुपमा चिने पनि वास्तवमा भगवान जस्तै छन् भगवान कार्की । नरिसाउने, सधैं हाँसिरहने, सहयोगी, मनकारी र नआत्तिने उनको स्वाभाव हो ।
संघर्षको यात्रा चिया पसलदेखि करोडाैंको मालिकसम्म
वर्तमान अवस्थामा उनलाई चिनेकाले सुन्दा कसैलाई विश्वास लाग्दैन होला कार्की २०४३ सालमा चिया पसलमा भाडा माझ्थे । उनको संघर्ष बाँसबारीमा रहेको सानो चिया पसलबाट सुरु हुन्छ । उनले चिया पसलमा बुबा चुँडा बहादुर कार्की र आमा इश्वरी कार्कीलाई सहयोग गर्थे । मलाई अहिले पनि याद छ, हाम्रो पहिलो दिनको कमाई ९० रुपैयाँ थियो कार्की भन्छन् ।
कार्कीले जमलमा ग्लोबल सेन्टर नामको टे«निङ सेन्टर ५ वर्ष भन्दा बढी सञ्चालन गरे । त्यसबाट हजारौंले रोजगारमूलक सिप सिके । त्यहाँ कम्प्युटर, पत्रकारीता र ट्युसन पढाई हुन्थ्यो । ग्लोबल सेन्टरबाट पत्रकारीता र उद्घोषण सिकेकाहरु अहिले राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत छन् । कतिले त मिडिया नै सञ्चालन गरिरहेका छन् ।
२०३५ साल माघ ७ गते जन्मिएका कार्कीको अहिले विभिन्न नुवाकोट, गोर्खा, कास्की, काठमाडौं लगायतका स्थानमा व्यापार व्यवसाय छ । उनले हाल काठमाडौंको धापासी, नुवाकोटको शिवपुरी गाउँपालिका ३ लिखु, गोर्खाको स्वाँरागाउँमा होम स्टे सञ्चालन गरिरहेका छन् । विभिन्न स्थानमा घर जग्गा छ । अझ भनौं उनी अहिले करोडौंको मालिक बनिसकेका छन् ।
पर्यटन व्यवसायबाट जीन्दगी परिवर्तन
मास कम्युनिकेसन एण्ड जर्नालिज्ममा मास्टर्स गरेका, म्यानेजमेन्टमा स्नातकसम्म अध्ययन गरेका र आम सञ्चारमा रुची भएका कार्कीले आर्थिक उन्नतीको आधार भने पर्यटन व्यवसाय भएको बुझे । जर्मन र अंग्रेजी भाषामा दख्खल राख्ने उनले युरोपियन मुलुकका पर्यटकलाई घुमाउने गाइडको रुपमा पर्यटन यात्रा सुरु गरे । त्यसक्रममा उनले ३ हजार भन्दा बढी पर्यटकलाई देशका विभिन्न स्थानमा घुमाए । अहिले उनले कर्मालय कल्चरमार्पmत् पर्यटकहरुलाई विभिन्न स्थानमा भ्रमण गराउने काम गरिरहेका छन् ।
पर्यटन क्षेत्रमा लागेको १० वर्षमा उनले राम्रो आर्थिक प्रगती गरे । यस अवधिमा उनले नुवाकोट, काठमाडौं, गोर्खामा होमस्टे खोले । पोखरा, धाम्पुसमा पनि रिसोर्ट सञ्चालन गरे । उनी भन्छन् –‘देश विकासको आधार पर्यटन हो । मेरो उदेश्य भनेकै अन्य स्थानमा पनि होमस्टे सञ्चालन गर्ने र अरु होमस्टेसँग पनि समन्वय गरेर सस्टेनेबल टुरिजम प्रवद्र्धन गर्ने हो ।’
पर्यटन क्षेत्रकै कमाईले सम्पती जोडेका भगवानलाई यो सम्पन्न अवस्थामा ल्याउन उनको आमा इश्वरी कार्की र दाई पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्कीको ठूलो सहयोग छ । जर्मन, अष्ट्रिया, इटाली, स्वीटजरल्याण्ड लगायत अन्य युरोपियन मुलुक र चीन तथा भारतको समेत विभिन्न स्थानमा कार्कीले भ्रमण गरिसकेका छन् ।
व्यवसायसँगै समाजसेवाको मनकारी पाइलाहरु
‘विभिन्न कामबाट जति कमाउँछु, त्यसको केहि हिस्सा म समाजसेवामा खर्च गर्छु । अन्य समाजसेवीहरु खोज्छु, मिलेर कमजोर वर्गलाई सहयोग गर्छु, मलाई सबैभन्दा धेरै आनन्द यसैमा आउँछ’ सामाजिक कामको कुरा कोट्याउनसाथ कार्कीले भने । करिब ११ वर्ष अघिबाट समाजसेवामा पनि सक्रिय कार्कीको कर्मालय फाउण्डेसन छ । यो संस्थामार्फत् उनी विभिन्न स्थानमा समाजसेवाका कामहरु गर्छन् ।
उनले गोर्खाको स्वारागाउँमा २५० जना पढ्ने विद्यालयको भवन निर्माण गरिदिएका छन् । त्यहाँ २० जना दृष्टिबिहिनलाई छात्रवृतिसहित पढ्ने अवसर दिएका छन् । गोर्खाकै आरुघाट आर्वाङमा ४० जनाको शिशु स्याहार केन्द्र सञ्चालन गरेका छन् । चितवनको सौराहामा १० जना अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । देशका अन्य विभिन्न स्थानमा २० जना अनाथ बालबालिकाको भविष्य उज्वल बनाउन पढुञ्जेलको छात्रवृत्ति प्रदान गरिरहेका छन् ।
लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट रहेका कार्कीले भुकम्प, कोभिड महामारीका समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, राहत वितरण जस्ता सामाजिक कार्यहरु गरेका छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन उनले कर्मालय ह्यान्डित्र्mयाप्mट सञ्चालन गरेका छन् । कर्मालय ह्यान्डित्रयाफ्टमा अरुले काम नलाग्ने भनेका चामलका बोराहरु संकलन गरेर दैनिक जीवनमा प्रयोग हुने चीजहरु बनाई विक्री हुन्छ । यहाँबाट २० जना भन्दा महिलाले रोजगारी पाएका छन् ।
समाजसेवासँगै राजनीतिमा सक्रिय हुने लक्ष्य
आर्थिक रुपमा सम्पन्न भएसँगै समाजसेवामा सक्रिय रहेका कार्कीको अवको लक्ष्य भनेको राजनीति हो । ‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरु राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ कार्की भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ । पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार