नेपालगञ्जमा चुनावी चहलपहल तिब्र
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार १८:११:२
८ वैशाख, राँझा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन् ।
खासगरी नेपालगञ्जको त्रिभुवनचोक पोष्टर र ब्यानर प्रदर्शन गर्ने चोक बनेको छ । चाडपर्वका शुभकामनादेखि पार्टीगत चुनावी प्रचारका ब्यानर र तुलले चोक भरिभराउ भएको छ । नेपालगञ्जका भित्री बजारमा पनि तुल, ब्यानर लगाउने राजनीतिक दलबीच तछाडमछाड नै देखिएको छ ।
वडास्तरमा उम्मेदवार छनोट भएका नेता घरदैलो अभियानमा खटिएका छन् । नेपालगञ्जमा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख, उपप्रमुख र केही वडामा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धनको भागबण्डामा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीलाई परेको छ । नगरप्रमुख आफ्नो पार्टीको हुने भएपछि कांगे्रसका कार्यकर्ता उत्साहित देखिएका छन् ।
भागवण्डामा आफ्नो पार्टीले प्रमुख नपाएको भन्दै जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)का स्थानीय कमिटीले असन्तुष्टि प्रकट गरेका छन् । गत निर्वाचनमा माओवादी केन्द्रले चार वडाध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको सङ्गठन बलियो भए पनि भागबण्डा नपाएको प्रति माओवादी केन्द्र्र नेपालगञ्ज उपमहानगर अध्यक्ष रतन शाहीले असन्तुष्टि व्यक्त गरे । नेपालगञ्जमा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार