नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २२:३२:१३
१२ वैशाख,नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बाँकेमा नेपाली कांग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा (एमाले) ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् । सो क्रममा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका प्रमुखका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका छन् । उनीहरु दुवै एमालेका केन्द्रीय सदस्य हुन् ।
त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराएका छन् । दुबै पार्टीले आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
उपमहानगरपालिकाको २३ वटै वडामा एमाले र कांग्रेसले वडाध्यक्ष र सदस्यको मनोनयन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
जिल्लाको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट पूर्णप्रसाद आचार्य र उपप्रमुखमा सङ्गीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी एमालेका तर्फबाट प्रमुख पदमा खीलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारुले मनोनयन दर्ता गराएका छन् ।
खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेको तर्फबाट सुमन मल्लले मनोनयन गराएका छन् । उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको एकल उम्मेदवारी दिने भनिए पनि अझै उम्मेदवारको टुङ्गो नलागेको बताइएको छ । अन्य केही स्थानीय तहमा माओवादीले गठबन्धनसहित उम्मेदवारी दिएका छन् । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तह रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार