निर्वाचन खर्चबारे कोइरालाले पठाएको जवाफ आयोगसँग मेल खाएन, कानुनबमोजिम कारबाही हुने
कुसुम सेञ्चुरी
बैशाख १६, २०७९ शुक्रबार १९:३०:७
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्चबारे पठाएको जवाफले विषयसँग तालमेल नखाएको भन्दै निर्वाचन आयोगले कानूनबमोजिम कारवाही गर्ने तयारी गरेको छ ।
कोइरालाले सार्वजनिक कार्यक्रममा २०७४ को संघीय निर्वाचनमा ६ करोड खर्च भएको भनि दिएको अभिव्यक्तिबारे आयोगले पत्र लेखेर जवाफ मागेको थियो ।
संघीय निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको थियो । सञ्चारमाध्याममा आएको भनाई र आयोगमा रहेको विवरणसँग मेल नखाएको आयोग स्रोतको भनाई छ ।
निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको र सञ्चारमाध्यममा ६ करोड भनेको विषयमा जवाफ नमिलेको हो ।
स्रोतले भन्यो,‘अघिल्लो निर्वाचनमा ‘६ करोड खर्च भयो’ भनेर सार्वजनिक रूपमा बोल्नु भएको थियो । त्यो बेला प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख मात्रै खर्च गर्न पाउने सीमा तोकिएको थियो । कांग्रेस नेता कोइरालाले २१ लाख ७५ हजार मात्रै खर्च गरेको विवरण आयोगमा पेस गर्नु भएको थियो । त्यसो भए तपाईंले ६ करोड खर्च के–कसरी गर्नुभयो भनेर आयोगले स्पष्टीकरण सोधेको हो । उहाँले जवाफ पठाउनु भएको छ । तर, उहाँले पेस गर्नु भएको कुरोसँग तालमेल नै मिल्दैन ।’
केइरालाले त्यसरी खर्च गरेको भनेर आफूले नबोलेको भन्ने जवाफ दिएको आयोगको भनाई छ । कारबाहीबाट बच्ने र छल्ने हिसाबले जवाफ दिएको ठहर गर्दै कोइरालाले बोलेको हो, होइन भन्ने कुरा लिखित जवाफ नखुलेको र सत्यता नदेखिएको आयोगको ठहर छ । कांग्रेस नेता कोइरालामाथि के कस्तो कारबाही हुन्छ भन्ने कुरा अध्ययनकै प्रक्रियामा रहेकाले कानुनबमोजिम कारबाही हुने आयोगको भनाई छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार