महानगरका मेयरबारे ओलीको बखान, ‘केशव स्थापितका अगाडी अन्य दलका उम्मेदवार विचरा’
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार २०:४७:४०
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरको मेयरमा एमालेका उम्मेदरवार केशव स्थापितको अगाडी अरु दलका उम्मेदवार चर्चा योग्यनै नरहेको बताएका छन् । उनले स्थापित सबै क्षेत्रमा परिपक्क, अनुभवी र आँटिले उम्मेदवार भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महानगरपालिकाको अनुभव हासिल गरिसकेका स्थापितलाई अघि सारेर एमालेले उचित काम गरेको भन्दै स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरे ।
ओलीले यसअघि नै मेयर भसकेका अनुभवी केशव स्थापितलाई लिएर पार्टी निर्वाचनमा होमिएको बताए । उनले स्थापितले काठमाडौंलाई आधुनिक काठमाडौंमा बदल्नेदेखि सडक चौडा गर्ने,माइतीघरमा मण्डला स्थापना गर्ने लगायतका विकास निर्माण काममा अनुभव हासिल गरेको बताए ।
एमालेले काठमाडौंलाई सम्पदा, पुरातात्त्विक सहरलाई नमुना सहरका रूपमा विश्वकै राजधानी बनाउन चाहेको उनले बताए । अरू पार्टीका उमेदवार काठमाडौं महानगरका लागि मेयर बन्ने लायक नै नभएको उनको भनाई छ ।
निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको ओलीले बताए ।
उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।
पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति
माघ ५, २०८१ शनिबार
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’
माघ ५, २०८१ शनिबार
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
आकर्षक रोजगारीको प्रलोभनमा परी विदेश नआउन नेपाली दूतावास बैंककको आग्रह
माघ ५, २०८१ शनिबार
आईसीसी यू–१९ महिला विश्वकपः पहिलो खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै
माघ ५, २०८१ शनिबार