डडेलधुरामा नमुना मतदान
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार २३:११:५३
१८ बैशाख, डडेलधुरा । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।
बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ । स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।
‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन्। के कसरी मतदान गर्नुपर्छ। र के कसरी सहभागिता रहन्छरु भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं ।’
उनले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ । कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् ।
मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार