कैलालीमा निर्वाचनकाे तयारी पूरा
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १९:३:५४
२९ बैशाख, टीकापुर । कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिए । “मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थाल्नुभएको छ । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर मत हाल्न जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने प्रबन्ध गरिएको छ”, प्रमुख भट्टले भने, “कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् ।”
मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन् । “स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्नसमेत मतदातालाई आग्रह गर्छु”,उनले भने, “मौनअवधि सुरु भइसकेकाले आचारसंहिता पालनामा समेत सबैलाई ध्यान दिन आग्रह छ । निर्वाचनले पालिकाको दक्ष नेतृत्व चयनमा सबैलाई निधक्क मतदान गर्ने वातावरण बनाउने दायित्व सबैको हो ।”
जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । ती मध्ये महिलाको सङ्ख्या बढी छ । जिल्लामा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् । ११ जना अन्य मतदाता छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधबारबाट मतदाता परिचयपत्र वितरण थालेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमानाकामा आवतजावत बन्द गरिएको हो । भारतसँग सीमा जोडिएको त्रिनगर–गौरीफन्टा, खक्रौला नाका, बैतडीको झुलाघाटलगायतका सीमानाका बन्द भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार